१६ असार २०८३, मंगलवार
,
Latest
समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राखेप सदस्य सचिवमा रमेश कुमार सिलवाल



अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव नियुक्तिलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टुङ्गो लगाएको छ । तीन दशक लामो ऐन (खेलकुद विकास ऐन २०४८) लाई प्रतिस्थापन गरी बनेको ‘खेलकुद बिकास ऐन–२०७७’ अनुसार राखेप सदस्य सचिवमा रमेश कुमार सिलवाल नियुक्त हुनुभएको छ ।  

युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयकै सचिवको नेतृत्वमा गठन गरेको तीन सदस्यीय समितिले सिफारिस गरेका व्यक्तिहरु मध्येबाट रमेशकुमार सिलवाल राखेपको १९ औं सदस्य सचिवमा नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैंठकको निर्णयबाट सिलवालले सदस्य सचिवको जिम्मेवारी पाउनुभएको हो ।

पहिलो पटक खुला प्रतिस्पर्धाबाट नियुक्त भएको सदस्य सचिव पदमा सत्तारुढ नेकपाका वर्तमान केन्द्रीय सदस्य लिलबहादुर थापा मगर र राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान अन्जु श्रेष्ठ दौडमा हुनुहुन्थ्यो । गत साता दरखास्त आह्वान गरेअनुसार निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवाल सहित २५ जनाले आवेदन दिएका थिए । नवनियुक्त सदस्य सचिवको कार्यकाल आगामी ४ वर्षका लागि हुनेछ ।

धादिङ बेनीघाटा स्थायी घर भई शिक्षा व्यवसायीको परिचय बटुलिसक्नुभएका सिलवालले नयाँ ऐन आउनु पूर्व रापेखपको सदस्य सचिवको जिम्मेवारी सम्हाल्नु भएको थियो । उहाँकै नेतृत्वमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको थियो । नयाँ ऐन असार ११ बाट कार्यान्वयनमा आएपछि सिलवाल एक वर्षमै पदमुक्त हुनुभएको थियो । तर सरकारले सिलवाललाई पुनः राखेप सदस्य सचिवमा फर्काएको हो ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ असार ११ गते राष्ट्रपति कार्यालयबाट पारित भएसँगै कार्यान्वयनमा आएको थियो । सो ऐनले खेलकुद क्षेत्रको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)को अधिकार कटौती गरि मन्त्रालयलाई शक्तिशाली बनाएको छ । यस अघि नीतिनिर्माण तहमा मात्र सहयोग गर्दै आएको मन्त्रालयले खेलकुद पूर्वाधार निर्माणदेखि राखेपको सञ्चालनमा हस्तक्षेप गर्न सक्ने छ । खेलकुद विकास ऐन २०४८ अनुसार सदस्य सचिवको एकल नेतृत्वबाट चल्दै आएको अधिकार अब भने नयाँ ऐन अनुसार ७ सदस्यमा रहने छ ।

खेलकुद विकास ऐन २०४८मा रहेका धेरै अस्पष्ट बिषयलाई नयाँ ऐनले सम्बोधन गरेको देखिन्छ । संघलाई ब्यवस्थित बनाउन भन्दै एउटै संघमा दुई कार्यकाल भन्दा कुनै पनि पदमा बस्न नपाउने ब्यवस्था नयाँ ऐनले गरेको छ । खेलकुदको स्थायी समस्याको रुपमा रहेको ओलम्पिक विवाद देखि म्याच फिक्सिङको दोषीलाई कारबाही, अन्तर्राष्ट्रिय खेलाडीको परिभाषा लगाएतका विषयलाई ऐनले सम्बोधन गरेको छ ।




भर्खरै