१६ असार २०८३, मंगलवार
,
Latest
कालीमाटी बजारमा रायोको सागमा उच्च विषादी भेटियो, नष्ट गर्न निर्देशन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ पहिराले कान्ति लोकपथ अवरुद्ध समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेल पक्षीय काँग्रेसको पार्टी कार्यालयमै छुट्टै भेला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सूचना विना नै पौडेल पक्षीय काँग्रेस नेताहरुले आज पार्टी अफिसमा छुट्टै भेला बोलाएका छन् । देउवा समुहले विभागलाई पूर्णता दिन थालेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समुह असन्तुष्ट हुन थालेको छ । पौडेल समूहले पार्टी कार्यालय सानेपा नै केन्द्रीय सदस्यहरुको भेला बोलाएको छ । नेता पौडेलले आफैले फोन गरेर केन्द्रीय सदस्यहरुलाई छलफल गर्न भन्दै पार्टी कार्यालयमा बोलाएका हुन् ।

केन्द्रीय सदस्य कल्याण गुरुङले समयसामयिक विषयमा छलफल गर्नका लागि दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल गर्न बोलाएको बताएको बताएका थिए । मंगलबार मात्र राप्रपा छाडेर कांग्रेसमा प्रवेश गरेका सुनिल थापाको कांग्रेस प्रवेशमा समेत पौडेल समुह पूर्ण सन्तुष्ट छैन् । सभापति देउवाले महाधिवेशनको मुखमा विभागलाई पूर्णता दिने अन्य पार्टीबाट विभिन्न नाममा पार्टी प्रवेश गराएर पार्टी कब्जा जमाउन लागेको शंका गरेको छ ।

केन्द्रीय विभाग संयोजक तोकिएकामध्ये, तरुण दल, महिला विभाग आदिलाई पूर्णता दिन थालेको, क्रियाशील सदस्यता वितरण गर्दा नवप्रवेशीलाई प्राथमिकता दिएको नेविसंघ र नेपाल तरुण दललाई पूर्णता दिन नसकेको विषयमा पौडेल समूह असन्तुष्ट बनेको छ । सभपाति देउवाले आफूइत्तरका विदेशस्थित नेपाली जनसम्र्क समितिका संयोजक र पदाधिकारीलाई अनुशासनको कारबाही गर्न थालेको आदि विषयमा दुइ साताअघि पौडेलको सम्पर्क कार्यालयमा बैठक बसी पौडेल समूहले आपत्ति जनाएको थियो । 

यसअघि पौडेल समूहले नै लामो समयदेखि विभाग गठन गर्न माग गरेको थियो । तर सभापति देउवाले महाधिवेशन प्रभावित पारी विभागहरु गठन गर्न थालेको पौडेल समूहको आरोप छ । सभापति देउवाले आफ्नो पक्षमा पार्न खोजेको भन्दै पौडेल समूहले गत साउन १ गते सभापति देउवालाई ध्यानकर्षण पत्र नै पार्टी केन्द्रीय कार्यालयमा बुझाएको थियो । पछिल्लो समयमा थापासहितका नेता राप्रपाबाटा कांग्रेस प्रवेश गर्ने औपचारिक कार्यक्रममा बोल्दा समेत पौडेलले कांग्रेसमा धेरै संघर्ष, त्याग र योगदान दिएका व्यक्तिहरु रहेको उल्लेख गरेका थिए । उनले थापाको पार्टी प्रवेशबाट आफूहरु सन्तुष्ट नभएको बताएका छन् ।