९ श्रावण २०८३, शनिबार
,
Latest
ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन मन्त्री रावल र चिनियाँ राजदूतबीच भेटवार्ता दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व संकलन आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनि प्रमाणपत्र बितरण यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर शिवलिङ्ग नै पहिलो मूर्ति हो ? पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीको ‘कुलिङ पिरियड’ राख्ने प्रश्ताव मन्त्रालयले गरेको होइनः सचिव पन्थ



अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले सरकारले निजामति विधेयकमा कर्मचारीको ‘कुलिङ पिरियड’ राख्ने प्रश्ताव नगरेको बताउनुभएको छ ।

शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले कर्मचारीको कुलिङ पिरियड राख्ने सरकारले नभई सांसदहरुले राखेको बताउनुभएको हो ।

उहाँले सरकारले प्रश्ताव समेत नगरेको कारण कुलिङ पिरियड राख्न उपयुक्त नहुने बताउनु भयो । पूर्वराष्ट्रसेवकको ज्ञान, सीप र क्षमतालाई राज्यले उपयोग गर्ने संविधानमै उल्लेख गरिएको कारण संविधानसँग बाझिने गरी ऐन ल्याउन नहुनेमा उहाँको जोड छ । अवकाशप्राप्त भइसकेपछि सबै कर्मचारीहरु समान हुने भएको कारण सबैलाई समान व्यवहार गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘कुलिङ पिरियडको विषयमा संघीय मन्त्रालयबाट पेश भएको विधेयकमा यसरी छुट्याइएको छैन । र त्यहाँ राख्दाखेरि ८२ (४) मा जसरि राखिएको छ त्यसरि नै भइदिए हुन्थ्यो भन्ने हाम्रो भनाइ हो । कुलिङ पिरियडको विषयमा उपसमितिबाट फरक हिसावले सिफारिस भएको छ । विधेयकमा फरक आएको छ । पूर्वराष्ट्रसेवकको ज्ञान, सीप र क्षमतालाई राज्यले उपयोग गर्ने संविधानमै उल्लेख छ । त्यसलाई उपयोग गर्ने फ्रेमवर्क पनि त्यही संविधानमा राखिएको छ । विभिन्न संवैधानिक आयोगहरुमा नियुक्ति गर्दाखेरि यति वर्ष सेवा गरेकोलाई यहाँ यहाँ यसरि उपयोग गरिनेछ भने त्यहाँ नै सेटअप गरिएको छ । अब हामीले निजामित विधेयकमा मात्र राख्दाखेरि पूर्व राष्ट्रसेवक भन्नाले त निजामति कर्मचारी मात्रै होइनन् । अरु सेवाका पनि छन् ।’

कर्मचारीतन्त्रका समस्या समाधान हुनेगरी ऐन ल्याउनुपर्ने उहाँको धारणा छ ।