१६ असार २०८३, मंगलवार
,
Latest
कालीमाटी बजारमा रायोको सागमा उच्च विषादी भेटियो, नष्ट गर्न निर्देशन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ पहिराले कान्ति लोकपथ अवरुद्ध समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा विवाद : केन्द्रीय समिति बोलाउन १५२ नेताको हस्ताक्षर, तर अध्यक्षले पत्र बुझेनन्



अ+ अ-

काठमाडौंं । विवादमा फसेको नेकपाको केन्द्रीय कमिटीका १५२ जना केन्द्रीय सदस्यले केन्द्रीय कमिटीकाे बैठक माग गरेका छन् । उनीहरुले हस्ताक्षर गरेर केन्द्रीय समितिको बैठक बोलाउन अध्यक्षसमक्ष माग गरेका हुन् । तर पनि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले सो पत्र भने बुझ्न मानेका छैनन् ।

नेकपाका केन्द्रीय सदस्यहरुले बुधबार पार्टी कार्यालयमा सो पत्र बुझाएका छन् ।  त्यो पत्र उनीहरुले अध्यक्षद्वयलाई नै बुझाउन खोजेका थिए तर उनीहरुले पत्र बुझ्न आनाकानी गरेपछि महासचिव विष्णु पौडेलसमक्ष प्रस्ताव गरे । तर उनीहरुले सो पत्र पार्टी कार्यालयमा बुझाएका छन् । 

पार्टीको विधानअनुसार एक चौथाइ सदस्यले लिखित माग गरेमा केन्द्रीय समितिको बैठक बोलाउने प्रावधान छ । 

पार्टीको आन्तरिक विवादका कारण पार्टी दुई गुटमा विभाजित भइसकेको छ । पार्टीभित्र एउटा प्रचण्ड–माधव नेपालको गुट छ भने अर्को केपी शर्मा ओलीको गुट रहेको छ । प्रचण्ड–माधव गुटले प्रधानमन्त्री अ‍ोलीको राजीनामा माग गरेको छ भने ओली गुट कुनै पनि हालतमा राजीनामा दिने पक्षमा छैन ।

यही विवादका करण एक महिनादेखि स्थायी कमिटीको बैठक प्रभावित भएको छ । दुई अध्यक्षको नै सहमति जुट्न नसकेपछि यस बैठकबाट सहमति निस्किने अवस्था छैन । त्यसैले पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन माग गरिएको छ ।