१६ असार २०८३, मंगलवार
,
Latest
कालीमाटी बजारमा रायोको सागमा उच्च विषादी भेटियो, नष्ट गर्न निर्देशन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ पहिराले कान्ति लोकपथ अवरुद्ध समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले धाइरिङका २५ घर विस्थापित



अ+ अ-

पर्वत । पहिरोका कारण उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका २५ घरपरिवार विस्थापित भएका छन् । पहिरोले घरगोठनै पुरिने अवस्था आएपछि उनीहरु बास छाडेर अन्यत्र जान बाध्य भएका हुन् ।

धाइरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु परियार, गोविन्दबहादुर केसी, शिशिर केसी, तारा केसी, यामनाथ पाध्या र डिलसेवा पाध्याको परिवार विस्थापित भएका छन् । पहिरोको डरले छिमेकीकहाँ शरण लिएर बसेको पीडित राजु परियारले बताउनुभयो । सोही ठाउँका गोरे परियारको घर भत्किएको वडाध्यक्ष टुङ्गनाथ शर्माले जानकारी दिनुभयो ।

मिलनचोक–सल्यान–गुन्द्रेखेत–धारापानी सडक निर्माणका क्रममा फालिएको माटोसँगै आएको पहिरोका कारण ओमनारायण आचार्य, देउकली परियार, बालकृष्ण शर्मा, रामप्रसाद शर्मा, डिल्लीराम शर्मा, कमलबहादुर केसी, दिनेश नेपाली, श्रीकृष्ण आचार्य, भरत पौडेल, मनबहादुर परियार, भीम परियार र राजु परियारको परिवार विस्थापित भएका छन् ।

सडक निर्माणका क्रममा समयमै व्यवस्थित नाली निर्माण नहुँदा भलसँगै आएको पहिरोले उनीहरु बासस्थान छोड्न बाध्य भएका हुन् । सल्यान र किराखोरको बिचमा रहेको ठुलो पहिरोमा ढुङ्गा र माटोसहितको लेदो बगेका कारण केराबारीमा सडक अवरुद्ध भएको छ । त्यस्तै केराबारीमा रहेको एल्भिन फलफूल फार्ममा पनि पहिरोले क्षति पुर्याएको छ ।