१६ असार २०८३, मंगलवार
,
Latest
सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनमा नेपाललाई १ अर्ब ३३ करोड अनुदान, ६० हजार घरधुरी लाभान्वित रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो मध्यपूर्व युद्धविराम पछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट रुट इजाजत विवादमा ट्रक व्यवसायीको जित, सर्वोच्चद्वारा रिट जारी टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी कालीमाटी बजारमा रायोको सागमा उच्च विषादी भेटियो, नष्ट गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई शव फेला



symbolic picture
अ+ अ-

लहान । सिरहा नगरपालिका–१० पदमपुरमा आज बिहान एक जनाको शव फेला परेको छ । पदमपुरबाट नरैया जाने सडक खण्डको कल्भर्टमा स्थानीयवासी ५१ वर्षीय झगरु मुखियाको शव फेला परेको हो । कल्भर्टमुनि स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहा ल्याइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । 

तम्घास– गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलमा एक शव फेला परेको छ । स्थानीयवासी ३२ वर्षीय लक्ष्मण घर्तीको शव आज बिहान ८ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख राजेन्द्रसिंह खड्काले जानकारी दिए।
 
साउन ८ गतेदेखि परिवारबाट सम्पर्कविहीन घर्ती धुर्कोटकोट नजिकै मृतावस्थामा भेटिएका हुन् । घटनाको कारण अझै खुलेको छैन ।