३१ असार २०८३, बुधबार
,
Latest
मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ भूमिहीन र सुकुमवासीको दिगो व्यवस्थापनबारे छलफल गर्न विपक्षी दलको प्रस्ताव श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन अर्थसम्बन्धी कानून संशोधन विधेयकः सुशासन प्रवर्द्धन हुनेमा सांसदहरूको विश्वास, राजश्व अनुसन्धानको संरचना परिवर्तनप्रति आपत्ति व्यावसायिक लागत घटाउन र कानुनी दोहोरोपना अन्त्य गर्न आधा दर्जन ऐन खारेज गरिँदै सभामुख अर्यालद्वारा सांसदहरूलाई जनस्तरमा पुग्न आग्रह, प्रतिनिधि सभाको बैठक साउन १४ गतेसम्मका लागि स्थगित बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले युएनडीपीसँग विकास सहकार्य चाहेको छ: अर्थमन्त्री गोलभेँडा किसानसँग मन्त्री गिता चौधरीको छलफल, ‘किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य पाउन् भनेर… सरकारद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ करोड बराबरको किताब बिक्री



अ+ अ-

जनकपुरधाम। जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले यस वर्षको शैक्षिक सत्र सुरु हुनु अगावै रु आठ करोड बराबरको करिब पाँच लाख ८७ हजार थान पुस्तक बिक्री गरेको छ ।

यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगाडि नै पाठ्यपुस्तक आएकाले बिक्री वितरण सुरु गरिएको कार्यालय प्रमुख रुद्रमणि खनालले जानकारी दिनुभयो ।

शैक्षिक वर्ष २०८२ का लागि रु २५ करोड वरावरको २३ लाख ७० हजार थान पुस्तक बिक्री वितरण गरिने लक्ष्य केन्द्रको थियो । हाल नौ लाख १३ हजार नौ सय ७६ थान पुस्तक गोदाममा सुरक्षित रहेको सो कार्यालयले जनाएको छ । विद्यालयलाई तोकिएका विभिन्न ९६ वटा वितरकमार्फत पाठ्यपुस्तक बिक्री वितरण गर्दै आएको प्रमुख खनालले जानकारी दिनुभयो ।

कार्यालयबाट ओखलढुङ्गा, खोटाङ, धनुषा, महोत्तरी, सप्तरी,  उदयपुर, सिन्धुली, सिरहा, सर्लाही, रौतहट, पर्सा र बारालगायत जिल्लामा  पाठ्यपुस्तक बिक्री वितरण गर्दै आएको छ ।

विगतमा पुस्तक छपाइमा ढिलाइ हुने गर्दा बालबालिकाको अध्ययन अध्यापनमा समस्या रहेको थियो । यसअघि  सो कार्यालयले गत वर्ष रु २३ करोड ३० लाख बराबरको किताव बिक्री गरेको थियो । कार्यालयले त्यसअघि शैक्षिक सत्र २०८० मा रु २६ करोड बराबरको किताब बिक्री गरेको थियो ।

प्राथमिक तहमा अनिवार्य शिक्षा तथा माध्यमिक तहमा निःशुल्क शिक्षा दिने सङ्घीय सरकारको नीति रहेको छ । तोकिएका बिक्रेताबाट विद्यायलले पाठ्यपुस्तक खरिद गर्ने तथा सोको भुक्तानी सम्बन्धित स्थानीय तहले दिँदै आएको  छ । रासस




भर्खरै