२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ बर्षको पूर्वसन्ध्यामा कन्याममा रमाउँदै विदेशी कूटनीतिज्ञहरु



अ+ अ-

इलाम: परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोगका प्रमुख तथा विभिन्न अन्तर्राष्ट्रिय संघ संगठनहरुका प्रतिनिधि तथा राजदूतहरुका लागि आयोजना गरिएको रिट्रिट कार्यक्रम अन्तर्गत आइतबार इलामको कन्याममा कूटनीतिज्ञहरु रमाएका थिए ।

उनीहरुले कन्याममा परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग तस्बिर लिनुका साथै विभिन्न जातजातिका भेषभूषामा सजिएका थिए । साथै कतिपय राजदूतहरु कन्यामका विभिन्न स्थानमा घोडचडीमा पुगेर रमाएका थिए । यस कार्यक्रममा बेलायत, जापान, अष्ट्रेलिया लगायत १५ भन्दा बढी देशका राजदूत एवं मिसन प्रतिनिधिहरु रहेका छन् ।

केही समय कन्यामको सुन्दरता र चियाबारीको आकर्षणलाई तस्बिरमा कैद गरिरहेका उनीहरुले त्यसलगत्तै घोडामा चढेर कन्यामको परिक्रमा गरेका थिए । नयाँ बर्षको पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालयले नेपाल पर्यटन बोर्ड र इलामको सूर्याेदय नगरपालिकाको समेत सहआयोजनामा नेपाल स्थित विदेशी मिसनका प्रमुख र प्रतिनिधिका लागि यो कार्यक्रमको आयोजना गरेको छ ।

खासगरी नेपालको पर्यटन प्रवर्धनका लागि इलामको विशेषता यहाँको स्थानियताको परिचय दिई यहाँको पर्यटकीय महत्वलाई थप उजागर गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।

आज र भोलिसम्मका लागि आयोजना गरिएको यो कार्यक्रममा परराष्ट्रमन्त्री डा राणा र परराष्ट्र सचिव अमृत बहादुर राई लगायत सहभागी हुनुभएको परराष्ट्रमन्त्री डा राणाका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए ।