२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै

पोखरामा इन्जिनियर व्यवसायी दर्ताको परीक्षा सञ्चालन

पोखरामा इन्जिनियर व्यवसायी दर्ताको परीक्षा सञ्चालन
अ अ+ अ-

कास्की। नेपाल इन्जिनियरिङ परिषद्ले काठमाडौँपछि पहिलोपटक पोखरामा इन्जिनियर व्यवसायी दर्ताको अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गरेको छ ।

पोखराको लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा शुक्रबार र आज इन्जिनियरिङ विधामा स्नातक तह उत्तीर्ण भएका इन्जिनियरका लागि लाइसेन्स परीक्षा लिइएको हो ।

विसं २०७९ मा परिषद्ले पहिलोपटक परीक्षा सुरु गरेकामा सङ्घीयताको मर्मअनुसार परीक्षालाई राजधानीबाहिर विकेन्द्रित गरिएको नेपाल इन्जिनियरिङ काउन्सिलका रजिस्ट्रार तथा सदस्यसचिव शिवमङ्गल गिरीले बताउनुभयो । उहाँका अनुसार इन्जिनियर उत्तीर्ण भएका इन्जिनियरहरूले इन्जिनियरिङ व्यवसाय गर्न लाइसेन्स परीक्षा पास भएर काउन्सिलमा दर्ता हुनुपर्ने व्यवस्था छ ।

काउन्सिलको परीक्षा राजधानीबाहिर समेत सञ्चालन भएपछि विद्यार्थीलाई सजिलो भएको छ । यसबाट परीक्षाका लागि भनेर काठमाडौँ जानुपर्ने झन्झट र बाध्यता हटेको उहाँको भनाइ छ ।

पश्चिमाञ्चल क्याम्पसमा परीक्षाका लागि दुई सय ६७ विद्यार्थीले आवेदन दिएकामा दुई ५७ सहभागी भएका काउन्सिलका रजिस्ट्रार गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार सहभागीमध्ये एक सय ४७ जना उत्तीर्ण भएका छन् ।

काउन्सिल ऐन जारी भएपछि विसं २०७९ देखि परीक्षा लिन सुरु गरिएको थियो । परिषद्ले हालसम्म सातपटक परीक्षा लिइसकेको छ । काउन्सिलले कम्प्युटरमा आधारित भएर परीक्षा सञ्चालन गर्दै आएको छ ।

अहिले आठौँ पटक पोखराबाट परीक्षा सुरुआत गरेका छौँ, यसबाट प्रदेशबाट आउने र बाहिरबाट आउने परीक्षार्थीलाई काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ ।  विद्यार्थीलाई सहज होस् भनेर उपत्यकाबाहिरबाट सुरुआत गरेका हौँ । यसबाट अन्य प्रदेशमा जान हामीलाई बाटो खुलेको छ”, गिरीले भन्नुभयो । पोखरामा कुनै समस्याविना परीक्षा सञ्चालन भएको उहाँले बताउनुभयो ।

काउन्सिलले तीन महिनाको अन्तरमा वर्षमा चारपटक परीक्षा सञ्चालन गर्दै आएको छ । पश्चिमाञ्चल क्याम्पसका प्रमुख निर्मलप्रसाद बरालले प्रविधिलाई प्रोत्साहन गर्दै परीक्षा सञ्चालन गर्न सफल भएको बताउनुभयो । उहाँले यस परीक्षापछि क्याम्पस र कर्मचारीको आत्मसम्मान अझ बढेको उल्लेख गर्नुभयो ।

बरालले भन्नुभयो, “इन्जिनियरिङ काउन्सिलले नीतिगत हिसाबले सबै परीक्षालाई विकेन्द्रित गर्दै आएको छ । नेपालमा मात्र होइन विदेशका विश्वविद्यालयबाट अध्ययन पूरा गरेका विद्यार्थीले पनि यो परीक्षा दिन सक्छन् । हामीले सोही अनुसार पूर्वाधार तयार गर्दै लगेका छौँ ।” क्याम्पसको पूर्वाधारका हिसाबले एक सत्रमा ८० जनालाई परीक्षामा सहभागी गराउन सकिएको उहाँले जानकारी दिनुभयो ।

परिषद्का बोर्ड सदस्य राममणि अधिकारीले काउन्सिल ऐनमा व्यवस्था भएअनुसार विकेन्द्रित प्रावधानलाई आत्मसात् गर्दै परिषद् अघि बढेक भन्दै पश्चिमाञ्चल क्याम्पसको प्रविधिले परीक्षालाई सहज बनाएको बताउनुभयो ।

परीक्षार्थी सङ्गीता रिजालले पोखरामा परीक्षा दिन पाउँदा सजिलो भएको बताउनुभयो । समय र खर्च दुवै बचत भएको भनाइ उहाँको छ । इन्जिनियरका रूपमा काम गर्न इन्जिनियरिङ काउन्सिलले लिएको परीक्षामा उत्तीर्ण हुनुपर्दछ । परीक्षामा उत्तीर्ण नहुनेले काउन्सिलको प्रमाणपत्र नपाउने भएकाले इन्जिनियरका रूपमा काम गर्न नपाउने व्यवस्था ऐनमा गरिएको छ । रासस