५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० किशोरीलाई साथी सहजकर्ता बनाइँदै



अ+ अ-

बाँके। सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० किशोरीलाई दक्ष (साथी सहजकर्ता) बनाउन थालिएको छ । समुदायस्तरमा किशोर किशोरीको समूहलाई सचेतना अभिवृद्धिका लागि किशोरीलाई प्रशिक्षक प्रशिक्षण तालिममार्फत दक्ष बनाउन लागिएको हो ।

किशोरीलाई दक्ष बनाउन १२ दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम नेपालगञ्जमा सञ्चालन गरिएको छ । तालिममा रुपान्तरणका १५ विषयवस्तु मेरो सेरोफेरो, आत्म जागरण, अधिकार र कर्तव्य, लिङ्ग र लैङ्गिकता, किशोरावस्था, राम्रो बानी, पोषण, नागरिक सहभागिता, प्राथमिक उपचार, खर्च र बचत, यौन तथा प्रजनन अधिकारलगायत विषयमा आधारित ज्ञान प्रदान गरिने युनिसेफको क्षेत्रीय कार्यालय धनगढीका बालसंरक्षण अधिकृत प्रकाश कैनीले बताउनुभयो ।

शसक्त महिला समृद्ध नेपाल परियोजनाअन्र्तगत सामुदायिक विकास केन्द्र डोटी र आवाज सुर्खेतद्वारा आयोजित तालिममा कालीकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत बाजुरा, डोटी र कञ्चनपुरका ३० जना किशोरीको सहभागिता छ । तालिम पश्चात् सहभागीले समुदायस्तरमा छुट्टाछुट्टै ४२ वटा सत्र सञ्चालन गर्नुपर्ने परियोजना कार्यक्रमका संयोजक शर्मिला पौडेलले बताउनुभयो ।

उहाँका अनुसार दुर्गम ग्रामीण क्षेत्रका किशोरकिशोरीको जीवनशैली परिवर्तन गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो । मन्दिप सुरी र सरु शिल्पकारले प्रशिक्षण दिनुहुने छ । रासस