८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

अध्यक्ष शर्मालाई अस्ट्रेलियामा सम्मान

अध्यक्ष शर्मालाई अस्ट्रेलियामा सम्मान
अ अ+ अ-

काठमाडौँ। अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसन’ (एन्जा) ले आज सिड्नीमा आयोजना गरेको एक कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अघ्यक्ष निर्मला शर्मालाई बधाई तथा सम्मान गरेको छ ।

अस्ट्रेलियामा रहेका नेपाली पत्रकारहरूको संस्था एन्जाले महासङ्घको सहकार्यलाई निरन्तरता दिँदै थप सहकार्य गर्न सक्ने विषयमा छलफल गरेको थियो ।

कार्यक्रममा अध्यक्ष शर्माले राजावादीका नाममा अराजक समूहले गरेको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या र सञ्चारमाध्यममाथि गरिएको आगजनी र तोडफोडप्रति घोर आपत्ति र भत्र्सना गर्दै प्रेसमाथिको दमन कुनै पनि हिसाबमा क्षम्य नहुने र दोषीमाथि हदैसम्मको कारबाही गर्नुपर्ने बताउनुभयो ।

उहाँले पत्रकार महासङ्घ यतिबेला आन्दोलनमा भएकाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा एक्येबद्धता जनाउन आग्रह गर्नुभयो । उक्त कार्यक्रममा गोरखापत्र दैनिकका प्रधानसम्पादक शिव भट्टराई, वरिष्ठ पत्रकार कविर राणा, पत्रकार सचिन पोखरेललगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा एन्जाका अध्यक्ष कृष्ण तिवारी, संरक्षक हेमन्त काफ्ले, डा शम्सेरसिंह थापा, पत्रकार प्रदीप तिमिल्सिनाले प्रवासमा रहेर पत्रकारिता गर्न एकदमै कठिन हुँदाहुँदै पनि आफूहरुको पेसाप्रतिको लगावका कारण धेरै नेपाली पत्रकारले मिडियालाई समय छुट्याएर काम गरिरहेको बताएका थिए ।

“अष्ट्रेलियामा करिब दुई लाख नेपाली रहेकाले नेपाली मिडियाको भविष्य राम्रो भए पनि व्यावसायिक हुनसकेका छैनन्”, अध्यक्ष तिवारीले भन्नुभयो । उहाँले एन्जाले पत्रकार महासङ्घमार्फत नेपाली पत्रकारको सुरÞक्षालगायत विषयमा सहकार्य गर्ने बताउनुभयो । रासस