२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष शर्मालाई अस्ट्रेलियामा सम्मान



अ+ अ-

काठमाडौँ। अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसन’ (एन्जा) ले आज सिड्नीमा आयोजना गरेको एक कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अघ्यक्ष निर्मला शर्मालाई बधाई तथा सम्मान गरेको छ ।

अस्ट्रेलियामा रहेका नेपाली पत्रकारहरूको संस्था एन्जाले महासङ्घको सहकार्यलाई निरन्तरता दिँदै थप सहकार्य गर्न सक्ने विषयमा छलफल गरेको थियो ।

कार्यक्रममा अध्यक्ष शर्माले राजावादीका नाममा अराजक समूहले गरेको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या र सञ्चारमाध्यममाथि गरिएको आगजनी र तोडफोडप्रति घोर आपत्ति र भत्र्सना गर्दै प्रेसमाथिको दमन कुनै पनि हिसाबमा क्षम्य नहुने र दोषीमाथि हदैसम्मको कारबाही गर्नुपर्ने बताउनुभयो ।

उहाँले पत्रकार महासङ्घ यतिबेला आन्दोलनमा भएकाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा एक्येबद्धता जनाउन आग्रह गर्नुभयो । उक्त कार्यक्रममा गोरखापत्र दैनिकका प्रधानसम्पादक शिव भट्टराई, वरिष्ठ पत्रकार कविर राणा, पत्रकार सचिन पोखरेललगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा एन्जाका अध्यक्ष कृष्ण तिवारी, संरक्षक हेमन्त काफ्ले, डा शम्सेरसिंह थापा, पत्रकार प्रदीप तिमिल्सिनाले प्रवासमा रहेर पत्रकारिता गर्न एकदमै कठिन हुँदाहुँदै पनि आफूहरुको पेसाप्रतिको लगावका कारण धेरै नेपाली पत्रकारले मिडियालाई समय छुट्याएर काम गरिरहेको बताएका थिए ।

“अष्ट्रेलियामा करिब दुई लाख नेपाली रहेकाले नेपाली मिडियाको भविष्य राम्रो भए पनि व्यावसायिक हुनसकेका छैनन्”, अध्यक्ष तिवारीले भन्नुभयो । उहाँले एन्जाले पत्रकार महासङ्घमार्फत नेपाली पत्रकारको सुरÞक्षालगायत विषयमा सहकार्य गर्ने बताउनुभयो । रासस