१६ असार २०८३, मंगलवार
,
Latest
सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल मधेसबाहेक देशभर वर्षा, कञ्चनपुरमा २४ घण्टामै १४७.४ मिमी वर्षा इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने ९ दिनदेखि माइतीघरमा दृष्टिविहीनको आन्दोलन: रोजगारी वा बेरोजगार भत्ता माग कोशी प्रदेशसभा बैठक फेरि स्थगित, अब असार १८ गते बस्ने चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमित २० हजार कटे, थप ३१५ जना संक्रमण पुष्टि



अ+ अ-

स्काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ३ सय १५ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २० हजार ८६ पुगेको हो । जसमा अहिलेसम्म आजसम्म १४ हजार ४ सय ९२ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । शनिबार मात्रै विभिन्न अस्पतालबाट ९३ जना जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिले देशभरी सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ३८ रहेको प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।  प्रदेश नम्बर १ मा २ सय २५, प्रदेश नम्बर २ मा  २ हजार ६६, बागमती प्रदेशमा ५ सय ७५ र गण्डकी प्रदेशमा ३ सय १३ जना संक्रमित उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ८७, कर्णाली प्रदेशमा २ सय ९७ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ७५ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् । प्रदेश अनुसार डिस्चार्ज हुनेमा प्रदेश नम्बर १ बाट ८ सय ५६, प्रदेश नम्बर २ बाट ३ हजार १ सय ४९, बागमती प्रदेशबाट ५ सय ३२ र गण्डकी प्रदेशबाट १ हजार २ सय ५६ जना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ बाट ३ हजार ९ सय ७१, कर्णाली प्रदेशबाट १ हजार ७ सय १८ र सुदूरपश्चिम प्रदेशबाट ३ हजार १० जना संक्रमित निको भएर घर फर्किएका छन् ।

देशभरीका क्वारेन्टिनमा ११ हजार ५ सय ३३ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार २ सय ५४, प्रदेश नम्बर २ मा १ हजार ५ सय ७३, बागमती प्रदेशमा ८ सय ५२ र गण्डकी प्रदेशमा २ हजार ९ सय ५३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ५ सय ३६, कर्णाली प्रदेशमा ४ सय ४३ र सुदूरपश्चिम प्रदेशमा २ हजार ९ सय २२ जना क्वारेन्टिनमा रहेका छन ।

स्वास्थ्य मन्त्रालयले स्थलमार्ग हुँदै सीमानाकाबाट नेपाल भित्रिने नागरिकहरुको स्वाव संकलन गरी कोरोना परीक्षण गर्न आग्रह गरेको छ । धेरै ठाउँमा भारतबाट आएका व्यक्तिहरुलाई परीक्षण नगरी घर पठाउने गरेको पाइएकोले त्यस्तो नगर्न मन्त्रालयले आग्रह गरेको हो । सिंहदरबार भित्र र अन्य कार्यालयमा काम गर्ने कर्मचारी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुले समेत सामाजिक दुरी कायम नगरेको सूचना प्राप्त भएकाले त्यस्तो नगर्न प्रवक्ता डा. गौतमले आग्रह गर्नुभयो । सहि तरिकाले मास्क लगाउन, सामाजिक दुरी कायम गर्न, २५ जनाभन्दा बढी भेला नहुने उहाँले आग्रह गर्नुभयो । कारागार, हिरासत कक्ष, सुधार गृह जस्ता स्थानमा क्षमताभन्दा बढी मानिस राख्नुपर्ने बाध्यता रहेपनि आवश्यक सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो ।