२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईँलाई काठमाडौं ल्याइँदै



अ+ अ-

काठमाडौं। दुर्गा प्रसाईँलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ । केन्द्रीय प्रहरी विशेष ब्युरोबाट खटिएको टोलीले उनलाई झापाको चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं ल्याउन लागेको हो ।

प्रसाईँलाई आजै ११ः३० बजे बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याइँदै छ । विहिबार भारतको आसाम प्रहरीको नियन्त्रणमा रहेका प्रसाईको सचिवालयले भने उनले आत्मसमर्पण गरेको दाबि गरेको थियो । आसाम प्रहरीले सीमा क्षेत्रसम्म प्रसाईंलाई ल्याएर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको बताइएको छ ।

नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि नभएकाले एकअर्काको देशमा पक्राउ परेका आरोपितहरुलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास छ । अर्को देशमा पक्राउ परेमा त्यहाँको प्रहरीले सीमाक्षेत्रमा ल्याएर छोड्ने र लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा पुर्‍याउने अभ्यास छ । सोहि कारणले नेपाल प्रहरीले विहिबार राती विज्ञप्ति जारी गर्दै प्रसाई पक्राउ नपरेको जानकारी गराएको थियो ।