काठमाडौं। गत चैत १५ गते तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
प्रहरी स्रोतका अनुसार उनी भारतको असाम राज्यबाट पक्राउ परेका हुन् । प्रहरीको टोलीले उनलाई पक्राउ गरेर नेपाल ल्याउने तयारी गरेको छ ।
तीनकुने घटनामा प्रहरीसामु नै गाडी हाँकेर अघि बढेका प्रसाईं सम्पर्कविहीन भएका थिए । प्रहरीले उनको खोजी गरिरहेको थियो । प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो सार्वजनिक गर्दै आफू फरार नरहेको बताउँदै आएपनि उनी प्रहरीको पकडमा आउन सकेका थिएनन् ।










