६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनकुटामा एकमहिने फोटो प्रदर्शनी सुरू



अ+ अ-

धनकुटा। कोशी प्रदेश सङ्ग्रहालयमा देशका ऐतिहासिक तथा पुरातात्विक स्थानहरूका विशेषता झल्किने फेटो प्रदर्शनी सुरु भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धनकुटामा आजदेखि सुरु गरिएको प्रदर्शनी एक महिनासम्म सञ्चालन हुनेछ ।

हनुमानढोका दरबार सङ्ग्रहालय वसन्तपुर, काठमाडौँले आयोजना गरेको प्रदर्शनीको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले उद्घाटन गर्नुभएको छ । प्रदर्शनीमा ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेका, धार्मिक, सांस्कृतिक र जनजीवनसँग सम्बन्धित ६० नयाँ तथा पुराना तस्बिरहरू राखिएका छन् ।

तस्बिर प्रदर्शनीको माध्यमबाट जिल्लाका साथै समग्र देशको पर्यटन प्रवर्द्धनमा  सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको दरबार सङ्ग्रहालयका प्रमुख काजी प्याकुरेलले जानकारी दिनुभयो ।

एक महिनासम्म निःशुल्क आयोजना गरिने यस प्रदर्शनीले नयाँ पुस्ताले संस्कृति र परम्पराका बारेमा अध्ययन गर्नसक्ने उहाँले बताउनुभयो । प्रदेश सङ्ग्रहालय प्रदर्शनी अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको उहाँको भनाइ छ । रासस