१६ असार २०८३, मंगलवार
,
Latest
सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल मधेसबाहेक देशभर वर्षा, कञ्चनपुरमा २४ घण्टामै १४७.४ मिमी वर्षा इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने ९ दिनदेखि माइतीघरमा दृष्टिविहीनको आन्दोलन: रोजगारी वा बेरोजगार भत्ता माग कोशी प्रदेशसभा बैठक फेरि स्थगित, अब असार १८ गते बस्ने चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मास्क प्रयोग नगर्नेलाई कारवाही



अ+ अ-

तनहुँ । मास्क प्रयोग नगरी हिँडडुल गर्ने ३३० जनालाई प्रहरीले कारवाही गरेको छ । बुधबारदेखि शनिबारसम्म ती व्यक्तिलाई कारवाही गर्दा रु ३३ हजार राजश्व सङ्कलन भएको छ । 

प्रहरीले शनिबार १००, शुक्रबार ५८, बिहीबार ७२ र बुधबार १०० लाई कारवाही गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । “जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले पहिलो चरणमा मास्क प्रयोगका लागि सचेतना कार्यक्रम सञ्चालन गरेको थियो”, उहाँले भन्नुभयो, “तर उक्त अनुरोधलाई कार्यान्वयन नगरेको पाइएपछि कारवाही गर्ने अभियान शुरु गरेका छौँ ।” उहाँका अनुसार कारवाहीमा परेकालाई कोरोना भाइरसबारेमा पूर्णरूपमा जानकारीसमेत गराइएको छ ।