८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

‘नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक’

‘नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक’
अ अ+ अ-

काठमाडौँ। जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिकसत्र २०८२ को पठनपाठन सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक पु¥याउन आवश्यक प्रबन्ध गरेको जनाएको छ ।

केन्द्रका प्रबन्धक निर्देशक यदुनाथ पौडेलले विद्यालय तहको नयाँ शैक्षिकसत्रका लागि छपाइ गर्नुपर्ने एक करोड ७० लाख ५० हजार थान पाठ्यपुस्तक (अङ्ग्रेजीमा अनुवादितसमेत) केन्द्रीय कार्यालय र मातहतका प्रादेशिक कार्यालयहरूबाट तालिकाबद्ध रूपमा बिक्रीवितरणको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

यही चैत १२ गतेदेखि बिक्रीवितरण खुला गरी देशका ७७ वटै जिल्लाका सूचीकृत बिक्रेताहरूमार्फत शैक्षिक सत्र सुरु हुनुअगावै सम्बन्धित विद्यालयहरूमा पुर्याउन पहल भएको उहाँले बताउनुभयो । “हामीले पठनपाठन सुरु हुनुअघि नै विद्यालयमा पाठ्यपुस्तक पु¥याउन सम्पूर्ण तयारी गरिसकेका छौँ । कथम्कदाचित् विद्यालयमा पाठ्यपुस्तक नपुगेको र विद्यार्थीले प्राप्त नगरेको गुनासो आएमा तुरुन्त केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरूमा सम्पर्क गर्न आग्रह छ”, उहाँले भन्नुभयो ।

हालसम्म देशभरका नौ वटा कार्यालयबाट ६४ लाख ७६ हजार ८५० थान पुस्तक बिक्रिवितरण गरिसकिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार केन्द्रीय कार्यालयबाट १२ लाख तीन हजार १३४, कोशी प्रदेश कार्यालय विराटनगरबाट सात लाख ३८ हजार ६८१, मधेसको जनकपुरबाट चार लाख ९४ हजार १४२, बागमतीको भरतपुरबाट छ लाख २६ हजार ४३८, गण्डकीको पोखराबाट पाँच लाख ३२ हजार ३२४, लुम्बिनीको बुटवलबाट नौ लाख नौ हजार ६५८, कर्णालीको सुर्खेतबाट तीन लाख ६५ हजार ८०४, सुदूरपश्चिमको धनगढीबाट सात लाख ५० हजार १७ र प्रादेशिक प्रेस नेपालगञ्जबाट आठ लाख ५६ हजार ६५२ थान पुस्तक बिक्रीवितरण भइसकेका छन् ।

गत सोमबारसम्म उक्त परिमाणमा पुस्तक बिक्रीवितरण भएका र केन्द्र मातहतका कार्यालयमा बाँकी एक करोड पाँच लाख ७३ हजारभन्दा बढी थान पुस्तक मौज्दात रहेकाले सूचीकृत बिक्रेताहरूलाई समयमै सम्पर्कका लागि अनुरोध गरिएको छ । साथै कक्षा ११ र १२ का पाठ्यपुस्तक पनि विद्यार्थी सङ्ख्याका आधारमा छपाइ भइरहेकाले समयमै उपलब्ध गराइने प्रबन्धक निर्देशक पौडेलले जानकारी दिनुभयो ।

“केन्द्रले कक्षा १, २ र ४ बाहेकका पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मेवारी पाएको थियो । विद्यालय तहको प्राप्त जिम्मेवारी समयमै पूरा गर्नेगरी काम भएको छ । बाँकी पुस्तक पनि चाँडै बिक्रीवितरणका लागि हामी खटिरहेका छौँ”, उहाँले भन्नुभयो ।

केही वर्षअघिसम्म देशभरका विद्यालयमा शैक्षिकसत्र सकिने बेलासम्म विद्यार्थीले पुस्तक पाउन नसकेको गुनासो आउने गरेका थिए । सरकारले केही वर्षयता जनक शिक्षा सामग्री केन्द्रलाई पाठ्यपुस्तक छाप्ने जिम्मा दिएपछि समस्या समाधान हुन थालेको छ । सरकारले कक्षा एक, दुई र चारको पाठ्यपुस्तक छपाइको जिम्मा भने निजी क्षेत्रलाई नै दिने गरेको छ । रासस
—