२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल राष्ट्र बैंकमा यथाशीघ्र गर्भनर नियुक्त गरिने



सञ्चारमन्त्री गुरुङ–मन्तव्य काठमाडौँ, १७ चैतः सञ्चार मन्त्रालयले आइतबार काठमाडौँमा आयोजना गरेको विषयगत समिति (सञ्चार तथा सूचना प्रविधि क्षेत्र) को बैठक (सङ्घ प्रदेश र स्थानीय तह) समन्वय तथा अन्तरसम्बन्ध (ऐन, २०७७ को दफा २२ बमोजिम) मा मन्तव्य राख्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिरः मधु शाही÷रासस
अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल राष्ट्र बैंकमा यथाशीघ्र गर्भनर नियुक्ति हुने बताउनुभएको छ ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै उहाँले भन्नुभयो, “गर्भनर नियुक्तिका लागि दुई पार्टीबीच भागबण्डा नमिलेर ढिलाइ भएको भन्ने कुरा गलत हो, नियुक्ति गर्न सिफारिस समिति बनिसकेको र अध्ययन भइरहेको छ ।” उहाँले तत्कालका लागि कायममुकायम गर्भनरको जिम्मा डेपुटी गर्भनर डा नीलम ढुङ्गाना तिम्सिनालाई दिएको जानकारी दिनुभयो ।

सरकारले नेपाल राष्ट्र बैंकको कायममुकायम गभर्नरको जिम्मेवारी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डेपुटी गभर्नर ढुङ्गाना तिम्सिनालाई गत सोमबार दिनुभएको थियो ।

यही चैत २४ गतेदेखि महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै राष्ट्र बैंक गभर्नरविहीन छ । अर्थमन्त्री पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति बनेको छ । उक्त समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नेछ । समितिले सिफारिस गरेको तीनमध्येबाट एक जनालाई सरकारले गभर्नर नियुक्त गर्नेछ ।रासस