६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमार सहयोग पठाउँदै सरकार



अ+ अ-

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेको मानवीय सहायता क्षेत्र गोदामघरको आज साँझ निरीक्षण गर्नुभएको छ ।

गोदाघर निरिक्षण पश्चात मन्त्री लेखकले विपद्का बेला सबैले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले विभिन्न निकायमा रहेको मौज्दात राहत सामग्री तथा निजी क्षेत्रबाट सङ्कलित सामग्री बुधबार नेपाल वायुसेवा निगमको चार्टर विमानबाट म्यानमार पठाउँदै छ ।

गृह मन्त्रालयका अनुसार ती सामग्रीमा खाद्यान्न, औषधि उपकरण, लत्ताकपडा, त्रिपाल, टेन्ट र लत्ताकपडालगायत छन् । यही चैत १५ गते म्यानमारमा ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो ।

नेपाल सरकारले पठाउन लागेको राहत सामग्री रु दुई करोड ४७ लाख बराबरको ४१ टन रहेको गृह मन्त्रालयले जनाएको छ । यसअघि २०७२ सालमा नेपालमा गएको विनाशकारी भूकम्पका बेला म्यानमारले पनि नेपाललाई सहयोग उपलब्ध गराएको थियो । रासस