१६ असार २०८३, मंगलवार
,
Latest
सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल मधेसबाहेक देशभर वर्षा, कञ्चनपुरमा २४ घण्टामै १४७.४ मिमी वर्षा इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने ९ दिनदेखि माइतीघरमा दृष्टिविहीनको आन्दोलन: रोजगारी वा बेरोजगार भत्ता माग कोशी प्रदेशसभा बैठक फेरि स्थगित, अब असार १८ गते बस्ने चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्वरो र रुघाखोकी लागेर विरामी परेका वडाध्यक्षको निधन



अ+ अ-

रौतहट । रौतहट इशनाथ नगरपालिका वडा नम्बर ५ का वडाध्यक्षको निधन भएको छ । दुई सातादेखि ज्वरो, रुधा र खोकी लागेर विरामी परेका ५५ बर्षिय वडाध्यक्ष देवेन्द्र ठाकुरको आज बिहान निधन भएको हो। 

वडाध्यक्ष ठाकुरलाई श्वास फेर्न समस्या भएपछि उपचारको लागि सदरमुकाम गौरस्थित रौतटह नसिँग होममा लैजादै गर्दा बाटोमै उनको ज्यान गएको पूर्व मेडिकल सुपरिटेन्डेन्ट तथा रौतहट नसिँग होमका सञ्चालक डाक्टर राम शंकर ठाकुरले बताए।  

मृतक वडाध्यक्ष ठाकुरमा कोरोना संक्रमणको आशंका गरिएको छ। मृतक वडाअध्यक्ष ठाकुरको शव जटहारा मै राखिएको छ। 

उनको पिसिआर जाचको लागि जिल्ला जन स्वास्थ्य कार्यालयमा जानकारी गराइसकेको र उनको स्वायव संकलनपछि नै अन्तिम संस्कार गरिने जेठा दाजु डाक्टर ठाकुरले जनाएका छन्।