८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

ह्विलचियरमा बसेर नौमती बाजा बजाउँदै

ह्विलचियरमा बसेर नौमती बाजा बजाउँदै
अ अ+ अ-

बागलुङ । चैतेदसैँको अवसरमा कालिका मन्दिर पुग्ने जङ्गलको बीच भागमा नौ जनाले नौमती बाजा बजाएर घरखर्चको जोहो गरिरहनुभएको छ ।

पोखरा आसपासको क्षेत्रमा बसोबास गर्ने उहाँहरूले शुक्रबारदेखि कालिका मन्दिर परिसरमा नौमती बाजा बजाएर घरखर्चको जोहो गरिरहनुभएको हो । नौमध्ये दुई जना मात्रै सबालाङ्ग हुनुहुन्छ । उहाँहरूको समूहमा दुई महिला र सात जना पुरुष सहभागी हुनुहुन्छ ।

बागलुङको कालिका मन्दिर दर्शनका लागि कालिका बालउद्यानबाट मन्दिरतर्फ जाने बाटोमा ह्विलचियरमा बसेर बाजा बजाएको दृश्यले सबैलाई आकर्षित गर्दछ ।

नौमती बजाउनेमध्ये सात जना शारीरिक रूपमा अशक्त रहेको ध्रुव नेपालीले बताउनुभयो । ह्विलचियरमा बसेर नौमती बाजा बजाउन सिकेको उल्लेख गर्दै यो सीपले जीविकोपार्जनमा सहज भएको बाजा बजाउँदै उहाँले जानकारी दिनुभयो ।

अपाङ्गता भएकाहरू एकजुट भएर बाजा बजाउन सिकेका हौँ । ढाड भाँचिए पनि परिवारको खर्च जुटाउनुपर्ने बाध्यता छ । त्यसै मागेर हिड्नुभन्दा नौमती बाजा बजाएर कलाको संरक्षणसँगै खर्च सङ्कलनको पहल थालेका हौँ । बाजा मन पर्नेले दिनुभएको रकमबाट घर खर्च चल्ने गरेको छ”, उहाँले भन्नुभयो, “कामसहित प्रतिभा देखाए सबैले माया गर्नुहुन्छ । सङकलन भएको रकम नौ जनाले बाढेर घर खर्चको जोहो गर्दछौँ ।

दाताहरूले दिनुभएको थोरै रकमले पनि आफूहरूलाई राहत मिल्ने गरेको जनाउँदै मेला, पर्व तथा मानिसको आवतजावत र घुइँचो बढी हुने क्षेत्रमा ह्विलचियरमै बसेर नौमती बाजा बजाउने गरेको भुमिराज थापाले बताउनुभयो । समूहमा सात जना अपाङ्गता भएका व्यक्ति रहेको जनाउँदै उहाँले सातै जनाको ढाडसम्बन्धी समस्या रहेको उल्लेख गर्नुभयो । कसैको भिरबाट लडेर, कसैको सवारी दुर्घटनामा परेर ढाड भाँचिएपछि ह्विलचियरको सहारा लिँदै आएको उहाँको भनाइ छ ।

सबैमा ढाडको समस्या छ, उहाँहरू हिड्न सक्नुहुँदैन । ह्विलचियरमा बसेरै बाजा बजाएर सङ्कलन भएको रकमले घर खर्चको जोहो हुँदै आएको छ । चैतेदसैँ मेलामा अझै तीन दिन बाजा बजाएर पोखरा फर्कर्ने योजना छ”, थापाले भन्नुभयो, “अपाङ्गताले प्रतिभालाई छेक्ने रहेनछ, अहिले मेला महोत्सवमा बाजा बजाउँदा धेरैले माया र सम्मान गर्नुहुन्छ ।

शारीरिक अपाङ्गता भएकाले टाढाटाढा जान भने समस्या भएको धना मगरले गुनासो गर्नुभयो । “शारीरिक रूपमा अशक्त भएपनि कला र प्रतिभा देखाउन सकेमा यसको संरक्षण हुनुका साथै जीविकोपार्जनमा पनि सहजता हुन्छ”, उहाँले भन्नुभयो । उहाँले सडकको पहुँच पुगेका स्थानमा बाजा बजाउन जान सहज हुने बताउँदै मेला, पर्वमा आफूहरू बाजा बजाउँदै आएको अनुभव सुनाउनुभयो । रासस