
काठमाडौं । सहकारी ठगी र संगठित अपराधको आरोपमा उच्च अदालत बुटवल इजलासको आदेशले पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमै राखिएको छ ।
बुढानिलकण्ठस्थित घरबाट पक्राउ परेका लामिछानेलाई आज काठमाडौं प्रहरीको हिरासतमा राखिएको हो ।
उनलाई भोलि मात्रै विमानमार्फत् भैरहवा लगिने बताइएको छ ।
उच्च अदालत बुटवल इजलासले रुपन्देही जिल्ला अदालतले दिएको एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश बदर गरेको थियो ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई १ करोड धरौटी माग गरेको थियो । तर जिल्लाको आदेश उच्च अदालतले बदर गरिदिएपछि लामिछाने पक्राउ परेका हुन् ।