१६ असार २०८३, मंगलवार
,
Latest
झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटमा नेकपा : महासंकटमा शीर्ष नेता !



अ+ अ-

काठमाडौँ । सत्ता र शक्ति संर्घषका कारण यतिबेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी गम्भीर मोडमा पुगेको छ । दुई बर्ष अघि पार्टी एकता गर्दा राष्ट्रिय शभागृहको भित्र र बाहिर खचाखच भरिएका कार्यकर्ता माझ दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले नेकपा विशाल जेट भएको र दुई पाईलटले कुशलतापूर्वक उडान गर्ने प्रतिबद्धता जनाउदै गर्दा हल भित्र र बाहिर लगातार लामो ताली बजेको थियो ।  

कार्यकर्ता माझ दुई नेताहरुले  आफुहरु माथि उक्लिएको पुल भत्काईसकेको हुदा फछाडी फर्कने अवस्था नभएका कारण ठुलो पुलको निर्माण गर्दै राजमार्गमा मा तिब्र गतिमा पार्टी दौडने उद्घोष गरेका थिए । तर व्यबहार नेताहरुले भनेको जस्तो भएन । 

केपी ओलीलाई अघि लाएर निर्बाचनमा होमिएको नेकपालेले झण्डै दुई तिहाइ मत प्राप्त गर्यो  तर पाएको मतलाई सहि उपयोग र जन आकांक्षा अनुसारको काम गर्न नसकेको भन्दै आलोचना पनि हुदैआएको छ । 

सरकार बनेदेखी नै पार्टीका शीर्ष नेताहरुले सहयोग नगरेको गुनासो प्रधानमनन्त्री ओलीको रहेको छ भने अन्य नेताहरु सरकारले पार्टीसँग कुनै पनि विषयमा सल्लाह नगरेको अन्य नेताहरुलाई पुरै उपेक्षा गरेको भन्दै असन्तुष्टि जनाईरहेका छन् । 

दुबै पक्षबीच असमझदारी बढ्दै जादा कतिपय अवस्थामा  शिर्षनेताहरुबीच सम्बादहिनताको अबस्था सम्म पु्गेको छ । प्रतिपक्षदल वा अन्य दलले गर्ने आचोलना र आरोपभन्दा पनि माथी उठेर आफनो पार्टीका नेताहरुलाई आरोप लगाएर जग हसाई गरिरहेका छन् । यतिसम्म आरोप प्रत्यरोपमा नेताहरु उत्रिएकी पार्टी अध्यक्ष पुष्पकमल दहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीकै संग्लनतमा जेष्ठ ४ गते निर्बाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता गराएको आरोप लगाउनु भयो । 

उहाँको आरोप कति सत्य छ त्यो त समयले बताउला नै तर ओलीले पनि गोपाल किरातीले पनि नेकपा माओबादीलाई जिबित रोखेको भन्दै दहाल माथी पनि प्रश्न उठाउनु भएको छ । यसको अर्थ दुवै नेताहरुलाई गम्भिर संका छ कि नेकपा दीर्घकाल सम्म एकजुट अबस्थामा रहदैन । कार्यकर्ताहरु पार्टी  एकता भएको कुरा भित्र देखी नै स्वीकार गर्न सकिरहेका छैनन् । 

कतिपय जिल्लामा बिगतमा जस्तै आ आफनौ पार्टी कार्यलयबाट काम कारबाही सञ्चालन गरिहेका छन् भने संसदिय दललाई पनि एकिकृत हुन सकको छैन । कतिपय अबस्थमा हेर्दा लाग्छ तत्कालीन समयमा केपी ओली र पुष्पकमल दहालको मात्र मन मिल्यो पार्टी पनि एकता भयो , आज उहाहरुको मन फाट्यो पार्टीका पनि धाजा पर्यो । 

दुबै पक्षका अधिकांश कार्यकर्ताहरुले बाहिरी मनले पार्टी एक हुनुपर्छ भने  पनि भित्रि रुपमा  कुनै पनि बेला पार्टी जे पनि हुन सक्छ भन्ने तयार मानसिकतामा रहेका छन् । कथंकदाचित पार्टी पुरानै अबस्था पुग्ने लक्षण देखियो भने नेता तथा कार्यकर्ताहरको कित्ताकाट त भैहाल्छ  यस्तो अबस्थाम  केही प्रतिशत कार्यकर्ताहरु एता उता होला तर बरिष्ठ भनिएका नेताहरु लाई भने महासंकट आई लाग्ने छ । 

दहालले भनेझै  ओलीले पूर्ब एमाले ब्यूताउने प्रयास गरे भने  एमाले र मदन  भण्डारीको बिरासत बोकेको पार्टी भन्दै पक्के पनि अघि बढ्ने छन् भने दाहालले सशस्त्र द्धन्द्धको बिरासत बोकेर नेकपा वा नेकपा  माओबादीलाई अघि बढाउने छन् । यस्तो अबस्थामा ओली बिरुद्ध दहाललाई सुरु देखी नै साथ दिदै आएका माधब नेपाल, झलनाथ खनालले कुन कित्ता रोज्छन् होला ?  पूर्व एमाले सक्रिय भए त्यसको हर्ताकर्ता पक्कै पनि ओली नै हुनेछन् भने अर्को तर्फको नेतृत्व दहालले नै सम्हान्छन् होला । यस्तो अबस्थामा नेपाल र खनाल दोश्रो दर्जाका रुपमा कसैको पछि लाग्नैपर्ने अबस्था आउछ । 

हुनत  राजनीतिमा स्थायी शत्रु वा स्थायी मित्र हुदैन । हाल देखिएको समस्या कुनै एक पक्षले त्याग गरेर सहज रुपमा समाधान पनि हुन सक्ला यदि भएन भने बिमति बढ्दै जानु त स्वभाबिक नै हो । यस्तो अबस्था बिमतिकाबीच एकै ठाउँमा सधैँ बसिरहने अबस्था नहुन पनि सक्छ । आ आफनो कित्ताकाट भएमा हिजो आफुले बोकेर आएकाहरु लिएर पुरानो घरको मर्मत गर्लान तर घरमुलि भैसकेकाहरु के गर्छन  होला ? 

पुरानो दलका कार्यकर्ताहरुले हेर्ने दृष्टिकोण  वा नया दलका कार्यकर्ताहरुले  हेर्ने दृष्टिकोण कस्तो हुन्छ होला ? तसर्थ  पटक पटक घरमुली भैसकेका नेताहरुले परिस्थितीको राम्रै आंकलन त गरेकै हुनुपर्छ । त्यसकारण पनि त्यागमा नै  पार्टीको भबिष्य जोगाउने कि ब्यक्तिगत तुषमा पार्टीलाई घराप पार्दै  व्यवस्था माथी नै प्रश्न उठाउने वातावरण बनाउछन् त्यो भने केही समय पछि पटाक्षप हुने नै छ ।