९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ

डढेलो लाग्न नदिन उच्च सतर्कता

डढेलो लाग्न नदिन उच्च सतर्कता
अ अ+ अ-

कञ्चनपुर । वन डढेलो लाग्न नदिनका लागि डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएको छ । कार्यालयले डढेलो नियन्त्रणका लागि कर्मचारी, दमकल, ट्रयाक्टरलाई चौबीसै घण्टा तयारी अवस्थामा राखेको छ ।

वन क्षेत्रमा डढेलो लागेको जानकारी पाउनासाथ कर्मचारीलाई आवश्यक सामग्रीसहित नियन्त्रणका लागि पठाउने व्यवस्था मिलाइएको डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरले बताउनुभयो ।

“सामुदायिक वन, चुरे संरक्षण सञ्जाल, सामुदायिक वन समन्वय समितिसँग समन्वय गरी डढेलो नियन्त्रण गर्न आवश्यक पर्ने सामग्री हामी उपलब्ध गराउँछौँ”, उहाँले भन्नुभयो, “सामुदायिक वनलगायत संस्थाहरूले अग्नि नियन्त्रक टोली परिचालन गर्छन्, त्यसका लागि समन्वयको कार्य गरिएको छ ।” उहाँका अनुसार डढेलो नियन्त्रण गर्ने सामग्रीसहित कर्मचारी पनि खटिन्छन् ।

डढेलो लाग्न नदिन सामुदायिक वनका उपभोक्तालाई सचेत पार्ने कार्यसँगै वन क्षेत्रमा अग्निरेखा तयार गर्ने, चेतनमूलक कार्यक्रम सञ्चालन गर्ने कार्य अगाडि बढाइएको उहाँको भनाइ छ । यस वर्ष हिउँदे वर्षा नहुँदा जमिन सुक्खा रहेको उल्लेख गर्नुहुँदै कार्यालय प्रमुख ठाकुरले तापक्रममा वृद्धि हुँदा डढेलो लाग्ने सम्भावना उच्च बनेर गएको बताउनुभयो ।

“चुरे क्षेत्रमा डढेलो लागे भौगोलिक विकटताले गर्दा नियन्त्रण गर्न निकै चुनौती छ”, उहाँले भन्नुभयो, “डढेलो लाग्न नदिनका लागि निरोधात्मक उपाय अवलम्बन गरेका छौँ ।”

सामुदायिक वनका उपभोक्तालाई सचेत पारेकै कारण अहिलेसम्म डढेलो लागेको जानकारी नआएको उहाँले बताउनुभयो । डढेलोबाट हुने वन, जनधनको क्षति न्यूनीकरण गर्न सर्तक अवस्थामा रहेको उहाँ बताउनुहुन्छ ।

सामुदायिक वन समन्वय समिति कञ्चनपुरले आबद्ध ९४ वटा सामुदायिक वनमा २५ जनाका दरले अग्नि नियन्त्रक टोली गठन गरेको छ । डढेलो नियन्त्रणका लागि समन्वय समितिको संयोजकत्वमा अग्नि नियन्त्रक मूल समिति गठन गरी परिचालन गरिएको छ ।

एकीकृत सूचना प्रणालीमार्फत डढेलोको सूचना प्रवाह गर्ने व्यवस्था गरिएको सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले बताउनुभयो । “यस कार्यले डढेलो लागेको जानकरी डिभिजन वन कार्यालयसँगै आबद्ध सबै सामुदायिक वनलाई हुन्छ”, उहाँले भन्नुभयो, “जसले गर्दा डढेलो नियन्त्रण गर्न सहज हुन्छ, वन क्षेत्रमा भइरहेको पुन: उत्पादन भएका बिरूवालाई जोगाउन सकिन्छ, वनक्षेत्र नजिकका बस्तीमा डढेलो नलाग्दा धनजनको क्षति हुन पाउँदैन ।”

हाल लालझाडी करिडोर क्षेत्रका सामुदायिक वनमा अग्नि रेखा सफा गर्ने, कन्ट्रोल फायर ९नियन्त्रित आगो०लगायत कार्य उपभोक्ताको उपस्थितिमा भइरहेको उहाँले जानकारी दिनुभयो ।

“वन क्षेत्रमा जथाभावी रूपमा आगो लगाउने, चुरोट बिडीका ठुटा फाल्ने, ज्वलनशील पदार्थको प्रयोग गर्ने कार्य गरेमा वनक्षेत्रमा क्षति भएमा हुने कानुनी प्रावधानका बारेमा सर्वसाधारणलाई सचेतना दिने कार्य गरिरहेका छौँ”, उहाँले भन्नुभयो । तराई क्षेत्रमा रूखबाट पात झर्ने भएकाले चैत, वैशाख र जेठमा बर्सेनि डढेलो लाग्ने गर्दछ ।

जसका कारण वनक्षेत्रमा ढलेपडेका, सुकेका काठमा आगो लाग्दा करोडौँको क्षति हुने गर्छ । डढेलोकै कारण अजिङ्गर, विभिन्न प्रजातिका सर्पलगायत उभयचर, चराचुरुङ्गी, जनावरको मृत्यु हुनुका साथै वन्यजन्तुको बासस्थान मासिने गर्दछ । वनक्षेत्रमा डढेलो लागेमा वन्यजन्तु बस्तीतर्फ जाँदा मानव–वन्यजन्तुबीचको द्वन्द्व बढ्ने गर्दछ । रासस