८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

गुप्त कोठामा बसेर रणनीति बनाउने बालेन शैली कति सफल ?

गुप्त कोठामा बसेर रणनीति बनाउने बालेन शैली कति सफल ?
अ अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह हत्तपत्त सार्वजनिक कार्यक्रममा देखिँदैनन् । नगरप्रमुखमा निर्वाचित भएपछि उनी मूलधारका सञ्चारमाध्यमसँग छ टाढा छन् नै आफ्नै कार्यालयका कर्मचारीहरुसँग पनि खुलेर कुरा गर्दैनन् । त्यति मात्र होइन, कार्यालयको कामबारे आफ्नै उपप्रमुख सुनिता डंगोललाई पनि जानकारी दिन चाहँदैनन् ।

बालेन महानगरप्रमुखमा निर्वाचित भएपछि संघीय सरकारसँग काठमाडौं महानगरपालिकाको दुरी कहिल्यै नजिक भएन । कहिले फोहोरमैला व्यवस्थापनको काममा त कहिले सडकपेटी विस्तार होस् या फुटपाट व्यवस्थापनका विषयमा संघीय सरकारसँग बालेनको कहिल्यै एकमत भएन । आफ्नै शैलीमा काम गर्ने र त्यो पनि गुप्त कोठामा बनाइएको रणनीति अनुसार उनी अघि बढिरहे । समग्रमा फुटपाट व्यवस्थापन र फोहोरमैला व्यवस्थापनमा उनी सफल पनि हुँदै आएका छन् । शहरको सौन्दर्यीकरणमा पनि उनले गरेका कामको प्रशंसा भइरहेको छ । तर कसरी उनले योजना बनाउँछन् भन्ने कुरा गुप्त नै राखेका छन् ।

संघीय सरकारलाई हरेक विषयमा सामाजिक सञ्जालबाट चेतावनी शैलीमा जवाफ फर्काउँदै आएका बालेन सीमित व्यक्तिको घेरामा रमाइरहेका छन् । आफ्नै उपप्रमुख सुनिता डंगोललाई समेत उनले बेवास्ता गर्ने गरेका छन् । नगरका हरेक निर्णयमा आफ्नो एकलौटी गर्दै आएका उनले अरुलाई टेर्नु त कताको कता कुरासमेत सुन्न चाहँदैनन् । बालेनको यही शैलीलाई लिएर आलोचनासमेत हुने गरेको छ ।

कहिले सिंहदरबारमा आगो लगाउँछु भन्ने त कहिले नेताहरुलाई टुकुचामा गाडिदिन्छु भन्ने महानगरप्रमुख बालेन प्रमुख प्रशासकीय अधिकृतका विषयमा भने नराम्रोसँग चुकेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाउँदै उनले तीन महिनादेखि कार्यालयमा हाजिर हुन दिएनन् । संघीय सरकारले गुरागाईंलाई नै जिम्मेवारी दिएर खटाइरहँदा पनि उनले कार्यालयमा ताला लगाएर राखे तर भित्र पस्न दिएनन् । बरु उल्टै अर्को प्रमुख प्रशासकीय अधिकृत पठाइदिन संघीय सरकारलाई धम्कीपूर्ण शैलीमा आग्रह गरिरहे । तर सरकारले उनको कुरा सुनेन । कुन पालिकामा कसलाई पठाउने भन्ने अधिकार आफ्नो भएको भन्दै संघीय बालेनको कुरा नै सुनेन ।

तलव नपाएर कर्मचारी भोकभोकै पर्न थालेको गुनासो पुगेपछि संघीय सरकारले उनै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई काठमाडौं महानगरपालिकामा पठायो । तर बालेन कार्यालयमा नभए पनि कतै गुप्त ठाउँमा बसेर उनलाई कार्यालयमा छिर्न नदिने महानगर प्रहरीलाई भनिरहेका थिए । तर, उपमहानगर सुनिता र वडाध्यक्षहरुले बालेनलाई साथ दिएनन् । प्रमुख प्रशासकीय अधिकृत गुरागाईंकै साथ दिए र तीन महिनाअघिदेखि लागेको ताला फुटाएर कार्यालयमा प्रवेश मात्र गराएनन्, हाजिरसमेत गराए । यो घटनाले महानगर प्रमुख बालेनको गुप्त योजना भताभुंग भएको छ ।

कहाँ थिए त बालेन ?

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं हाजिर गर्न पुग्दा नगरप्रमुख बालेन कार्यालयमा थिएनन् । हाजिर गर्न दिने कि नदिने भन्ने रस्साकस्सी चल्यो ।

कार्यालयको गेटमै तैनाथ रहेका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई रोक्ने खोजे । उनले बालेनको आदेश भन्दै रोक्न खोजिरहेका थिए । तर वडाअध्यक्ष र कर्मचारीहरूको एउटा समूहले घेरेर अधिकृत गुरागाईंलाई कार्यालय पुर्‍याए । बालेन कहाँ छन् भन्ने अत्तोपत्तो थिएन । महानगरको कानुनमा नगर प्रहरी प्रमुखलाई चलाउने जिम्मा नै प्रमुख प्रशासकीय अधिकृतको हुन्छ । तर नगर प्रहरी प्रमुखले महानगरप्रमुखको आदेश भन्दै रोक्न खोजिरहेका थिए । त्यो पनि बालेनको गुप्त ठाउँबाट दिएको मन्त्रणाअनुसार ।

कतिसम्म भने उपमेयर सुनिता डंगोलले खोज्दा पनि बालेन फेला परेनन् । उनीसँग न फोन सम्पर्क नै हुनसक्यो । बरु महानगरको कार्यालयमा रमिता चलिरहेका बेला बालेन काभ्रेको कुनै अमूक ठाउँमा रहेको सूचना बाहिरियो । उनी बिदा मनाउन भन्दै बुधबार नै काभ्रेको पाँचखालमा पुगेका रहेछन् । आफ्नै कार्यालयमा दिनभर भएको तनाव र रमिताबारे पाँचखालको कुनै गुप्त कोठामा बसेर जानकारी लिइरहेका बालेनको शैली यस पटक भने नराम्ररी फेल खाएको छ ।