८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

अतिरिक्त हुलाक कार्यालय धमाधम बन्द हुँदै

अतिरिक्त हुलाक कार्यालय धमाधम बन्द हुँदै
अ अ+ अ-

गोरखा। जिल्लाको हुलाक कार्यालय मातहत रहेका अतिरिक्त हुलाक कार्यालय बन्द भएका छन् । चिठी आदानप्रदान कम हुन थालेपछि २१ वटा कार्यालय बन्द गरिएको हो । यसअघि जिल्लामा कूल ५६ अतिरिक्त हुलाक कार्यालय थिए ।

सरकारको निर्णयअनुसार उक्त कार्यालय खारेज गरिएको कार्यालयका सूचना अधिकारी नगेन्द्र आलेमगरले बताउनुभयो । “सरकारले गतवर्ष प्रस्तुत गरेको बजेटमा अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने निर्णय गरेको थियो”, उहाँले भन्नुभयो, “सोही बमोजिम जिल्लामा अतिरिक्त कार्यालय बन्द भएका हुन् ।” त्यहाँ कार्यरत कर्मचारीलाई गत साउनमा नै सेवा सुविधा दिएर घर पठाइएको उहाँले जानकारी दिनुभयो ।

एउटा इलाका हुलाक कार्यालय बन्द गरिएको छ । “जिल्लाभर १२ वटा इलाका हुलाक कार्यालय थिए”, मगरले भन्नुभयो, “एक स्थानीय तह, एक इलाका हुलाक कार्यालय कार्यक्रम लागू भएसँगै एउटा कार्यालय बन्द गरिएको हो ।” जिल्लामा हाल ११ वटा मात्र इलाका हुलाक कार्यालय र २५ वटा अतिरिक्त हुलाक कार्यालय रहेको उहाँले जानकारी दिनुभयोे ।

ती कार्यालयले हुलाकमार्फत आउने चिठी पत्र गाउँघरमा लैजाने काम गर्थे । तर पछिल्लो समय प्रविधिमा भएको विकासले चिठी आदानप्रदानको सङ्ख्या घट्दो छ । व्यक्तिगत चिठीपत्र तथा सामग्री निकै कम मात्रामा आउने गरेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को फागुन मसान्तसम्म कार्यालयमा १२ हजार सात सय ६५ वटा चिठीपत्र आदानप्रदान भएका छन् ।

जसमध्ये करिब ८० प्रतिशत चिठी सरकारी कार्यालयका छन् । बाँकी २० प्रतिशत भने व्यक्तिगत रहेको सूचना अधिकारी मगरले बताउनुभयो । “व्यक्तिगतअन्तर्गत धेरैजसो बैंक तथा वित्तीय संस्थाहरुको चिठीहरु नै हुन्छन्”, उहाँले भन्नुभयो ।

कार्यालयको तथ्याङ्कअनुसार गत आव व्यक्तिगत र सरकारी गरी कूल २२ हजार दुई सय ३० वटा चिठीपत्र आदानप्रदान भएको थियो । आव २०७९÷८० मा १७ हजार ४९ र २०७८÷७९ मा १६ हजार ३४ वटा चिठीपत्र आदानप्रदान भएको कार्यालयले जनाएको छ । रासस