२७ मंसिर २०८२, शनिबार
,
Latest
विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिनकुने घटनाको जिम्मा सरकारको: कमल थापा



अ+ अ-

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत चैत्र १५ गते तिनकुने घटनाको जिम्मा नेपाल सरकारले लिनुपर्ने र रबिन्द्र मिश्र र धवल शमसेर राणा लगायतका ब्यक्तिहरुलाई थुनामा राख्नु आपत्तिजनक भएको बताएका छन् ।

जोर जबर्जस्ती गर्न खोजे सरकारलाई महङ्गो पर्न सक्छ थापाले भने । आज पार्टीका प्रबक्ता स्वर्गीय बसन्तमान सिंह अधिकारिको १३ औ दिनको पुन्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै थापाले हिन्दु राष्ट्रको मान्यता र राजसंस्थासहितको प्रजातन्त्रको लागि राष्ट्रवादीहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको बताएका छन् ।

थापाले अहिले गणतन्त्रवादीहरुले राजालाई बदनाम गरी झुटा आरोप लगाउँदा आफ्नो विचारको प्रतिरक्षाको निम्ति एकठाउँमा उभिनुपर्ने बताएका हुन् । उनले भने, ‘म देशभरका राष्ट्रवादी साथीहरुलाई आग्रह गर्न चाहन्छु अहिले जसरी राजालाई बदनाम गर्ने, झुटा आरोप लगाउने, हिन्दु राष्ट्रको मान्यता र राजसंस्थासहितको प्रजातन्त्रको विचारलाई निषेध गर्ने, समाम्त पार्ने जुन प्रयास भइरहेको छ त्यसबाट सजक भएर आफ्नो आस्था र विचारको प्रतिरक्षाको निमित सबै राष्ट्रवादीहरु एकठाउँमा उभिनु बाहेक अर्काे विकल्प छैन ।’

उनले अहिले आफ्ना सानातिना मतभेद, स्वार्थको कारणले एक ठाउँमा आएर आफ्नो आस्थाको प्रतिरक्षा नगरे भविश्यमा पछुताउनुपर्ने बताए ।अध्यक्ष थापाले गणतन्त्रवादीहरुले चाहे अनुसार भयो भने पद र दल मात्र होइन वैचारिक अस्तित्व नै संकटमा पर्ने पनि बताए ।

‘हाम्रो विचारलाई राजालाई बदनाम गर्न खोजिरहेका छन् । कसरी हिन्दु राष्ट्रको मान्यता र राजसंस्थालाई भ्रमपुर्ण ढङगबाट कमजोर बनाउन खोजिरहेका छन् । यदि उनीहरुले चाहे अनुसार अविस्ट पुरा भयो भने हाम्रो पद र दल मात्र होइन हाम्रो वैचारिक अस्तित्व नै संकटमा पर्छ,’ उनले भने ।

कार्यक्रममा राप्रपाका नेता डाक्टर प्रकाशचन्द्र लोहनी र बिक्रम पाण्डेले बिचार मिल्ने सबै एकै ठाउँमा आएर परिबर्तनको लागि आन्दोलनमा जानुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा राजाराम बर्तौला, जगत गौचन, सुमनमान सिंह अधिकारी , अन्जना रावलले पनि बोलेका थिए ।