काठमाडौं । शान्तिपुर्ण रुपमा उत्तर र दक्षिण कोरिया एकिकरण होस् भन्ने आम नेपालीहरुको चाहना भएको मंगलबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (उत्तर कोरियाली) नेता किम इल सुङ्गको चाहना बमोजिम उनका पुत्र किम जोङ्ग इलले १९९७ अगष्ट ४ मा दुई कोरियाको शान्तिपुर्ण एकिकरण हुनुपर्छ भनेर पहल गरेको २३ औं वार्षिकोत्सवको अवसर पारेर मंगलबार एक कायक्रम आयोजना गरिएको थियो ।
इन्टरनेशनल कमिटि टु स्टडी संगुन पोलिसी फर पिसफुल रियुनियन अफ कोरिया तथा नेपाल कमिटि टु प्रोमोट रि युनिफिकेशन कोरिया संस्थाद्वारा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमका वक्ताहरु बागमती प्रदेशका सांसद गणेशप्रसाद दुलाल, नेकपाका केन्द्रीय सदस्य गंगा कार्की, नेपाल कोरिया फ्रेण्डसिप सोसाइटीका महासचिव फणिन्द्र पन्त, नेपाल कोरिया साहित्य समाजका अध्यक्ष शंकर भारतीलगायतले दुई कोरियाको शान्तिपुर्ण एकिकरणमा जोड दिएका थिए ।
इन्टरनेशनल कमिटि टु स्टडी संगुन पोलिसी फर पिसफुल रियुनियन अफ कोरियाका अध्यक्ष बसन्तकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालका लागि प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका डेपुटी चार्ज डि मिशन तथा काउन्सिलर किम जोङ्ग हयोकले दुई कोरियाको शान्तिपुर्ण एकिकरणको लागि आम नेपाली जनताले राखेको चाहनाको प्रशंसा गरे ।
त्यस अवसरमा शिक्षावीद्, राजनैतिक दलका नेता, खेलसंग सम्वन्धि संस्था र विभिन्न गैरसहरकारी संघसंस्थाका पदाधिकारीहरुको सहभागिता थियो ।
सो अवसरमा दुई कोरियाको शान्तिपुर्ण एकिकरणको लागि इन्टरनेशनल कमिटि टु स्टडी संगुन पोलिसी फर पिसफुल रियुनियन अफ कोरिया तथा नेपाल कमिटि टु प्रोमोट रि युनिफिकेशन कोरिया संस्थाद्वारा संयुक्त रुपमा तयार गरिएको पत्र प्रदेश सांसद दुलाल र कोरिया संस्थाका अध्यक्ष श्रेष्ठले नेपालका लागि प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका डेपुटी चार्ज डि मिशन तथा काउन्सिलर किम जोङ्ग हयोकलाई हस्तान्तरण गरे ।











