८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

खुल्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

खुल्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक
अ अ+ अ-

तानसेन, (पाल्पा) । सामाजिक विभेद र लाञ्छनाका कारण समाजमा लुकेर बसेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरू पछिल्लो समय खुल्न थालेका छन् । आफ्नो पहिचान र मुद्दाबारे यस समुदायका केही व्यक्तिहरू सङ्गठित हुन थालेपछि लुकेर बसेकाहरू विस्तारै खुल्न थालेका हुन् ।

पाल्पामा २२ जना यौनिक अल्पसङ्ख्यक नागरिक खुलेर आएका छन् । हाल यहाँ हुने कार्यक्रममा पनि आफ्नो पहिचानसहित उनीहरू खुलेर आउन थालेका छन् । हालै साहसी कदम नेपालको आयोजना र तानसेन नगरपालिकाको सहयोगमा भएको यौनिक तथा अल्पसङ्ख्याक समुदायको तथ्याङ्क सङ्कलनका लागि अन्तरक्रिया र सचेतना कार्यक्रममा जिल्लाका २२ जना व्यक्ति खुलेरै उपस्थित भए । आफ्ना विषय र अधिकारबारे खुलेरै बोले ।

आफ्ना समुदायका हकहितका लागि आन्दोलन गर्नुपर्दा थोरै मात्रै उपस्थित हुने गरे पनि सचेतनाका कारण पछिल्लो उपस्थिति बढ्दै गइरहेको साहसी कदम नेपालकी संस्थापक अध्यक्ष तथा यौनिक अल्पसङ्ख्यक महिला हसिना क्षेत्री बताउनुहुन्छ । पछिल्लो समय आफ्ना पहिचानबारे खुल्न सक्ने अवस्था बनेको उहाँले सुनाउनुभयो । “लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले आन्दोलन गर्नुपर्दा पहिला दुई/चारजना मात्रै देखिन्थे, हाल त्यो सङ्ख्या बढेको छ । गर्वका साथ बाहिर निस्कने अवस्था छ । आफू के हो भनेर खुल्ने माहोल बनेको छ, यो सबै सचेतनाका कारण हो”, क्षेत्रीले भन्नुभयो ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू समाजमा पहिचानसहित खुल्न थाले पनि राज्यको नीति, कार्यक्रम तथा योजनामा नपर्दा अधिकार प्राप्तिको सङ्घर्ष भने जारी छ । संविधानमा व्यवस्था भएअनुसार पहिचानसहितको अधिकार प्राप्त गर्न नसकेको यो समुदायका नागरिकको गुनासो छ । संस्थाकी संस्थापक अध्यक्ष क्षेत्रीले सरकारले पहिचानसहितको अधिकार संविधानमा उल्लेख गरे पनि प्रभावकारी कार्यान्वयन नगर्दा आफूहरूले समस्या भोग्नु परिरहेको बताउनुभयो । आफूहरूको मुख्य लडाइँ पहिचान र समावेशिता भएको उहाँको भनाइ छ ।

संस्थाकी कार्यक्रम निर्देशक रेसम न्यौपाने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमाथिको बुझाइमा केही परिवर्तन आए पनि अझै विभेद र लाञ्छनाको अन्त्य नभएको बताउनुहुन्छ । यो समुदायले नागरिकता, विवाह, सम्पत्तिलगायत क्षेत्रमा कानुनमै विभेद खेपिरहनुपरेको उहाँको गुनासो छ । “नेपालको नागरिक भए पनि अन्य नागरिक जस्तै समान हक पाएका छैनौँ । फरक पहिचान भएकै कारण घरपरिवार र समुदायबाट अपहेलित हुनुपरेको छ । सङ्घर्षपश्चात् विवाह गर्ने अधिकार स्थापित भए पनि सन्तानको हकमा कानुनी समस्या कायमै छ । नागरिकता पाउन लिङ्ग पुष्ट्याइँ गर्नुपर्नेजस्ता विभेदकारी अवस्थाहरू छन्”, न्यौपानेले भन्नुभयो ।

नागरिकता लिन जाँदा मेडिकल जाँच गरेर पहिचानसहितको ‘रिपोर्ट’ लिएर आउनु भनेर फर्काइने गरेको उहाँले सुनाउनुभयो । “स्वास्थ्य परीक्षण गर्नुपर्ने विषयमा हाम्रो आपत्ति होइन तर परीक्षण गराउन जाँदा पाँच/छ जना डाक्टर वरिपरि बसेर हामीलाई नाङ्गै हुन लगाइन्छ र पालैपालो हाम्रा यौनाङ्ग खेलाइन्छ । त्यसपछि मात्र कागज लेखेर पठाइन्छ । हालसम्म यस्तो यातना सहनु परेको छ”, न्यौपानेको कथन थियो ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भन्नाले लेस्बियन (महिला समलिङ्गी), गे (पुरुष समलिङ्गी), बाइसेक्सुअल (उभयलिङ्गी), ट्रान्सजेन्डर (पारालिङ्गी पुरुष/महिला), इन्टरसेक्स (अन्तरलिङ्गी), असेक्सुअल (प्रत्यक्ष लिङ्ग वा लैङ्गिक इन्द्रिय नभएको) आदि समुदाय पर्दछन् । जसलाई छोटकरीमा ‘एलजिबिटिआइक्युए’ भन्ने गरिएको छ ।

तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारका विषयमा आफूहरू संवेदनशील रहेको बताउनुभयो । “यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले भोगेका समस्याहरू वास्तवमै पीडादायी भएको मैले बुझेको छु । नीति तथा कार्यक्रम बनाउँदा सबै समुदायका सवालहरूलाई समेट्ने गरी कानुन बनाउने र बनेका कानुनको कार्यान्वयन गर्न नगर सरकारले ध्यान दिनेछ”, उहाँले भन्नुभयो ।

उपप्रमुख प्रतीक्षा सिञ्जालीले सचेतनामूलक कार्यक्रम प्रभावकारी बनाएर लैजान सके समाजमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन हुने बताउनुभयो । उहाँले संविधानमा व्यवस्था भएबमोजिम यो समुदायको अभियानमा नगर सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूमा समाज र देशका लागि योगदान दिन सक्ने क्षमता रहेको बताउनुभयो ।

साहसी कदम नेपालकी सदस्य इन्द्रादेवी सारु मगरले आफू यौनिक अल्पसङ्ख्यक नभए पनि यस्ता समुदायका व्यक्तिलाई समस्या पर्दा सहयोग गर्ने हुँदा आफूलाई पनि साथीहरूबाट नराम्रो दृष्टिकोणले हेर्ने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “साथी, सङ्घसंस्थाहरू छोडे तर यी समुदायका व्यक्तिहरूलाई सहयोग गर्न छोडेकी छैन । हाल संस्थालाई मेरै घरमा नि:शुल्क कार्यालय राख्न दिएकी छु ।”

यौनिक अल्पसङ्ख्यक महिला सानु खनालले पाल्पामा रहेका थुप्रै यौनिक अल्पसङ्ख्यकहरूलाई बाहिर ल्याउने प्रयास गरिएको बताउनुभयो । संस्थाका व्यवस्थापक सुमन थापाले सबै सङ्गठित भएर यौनिक अल्पसङ्ख्यकका लागि सङ्घर्ष आवश्यक रहेको बताउनुभयो । रासस