८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

चितुवाको निसानामा बालबालिका, डेढ महिनामा एकको मृत्यु, दुई घाइते

चितुवाको निसानामा बालबालिका, डेढ महिनामा एकको मृत्यु, दुई घाइते
file photo
अ अ+ अ-

ठाकुरबाबा, (बर्दिया) । पछिल्ला केही महिनामा बर्दियामा चितुवाको आक्रमण बढ्दै गएको छ । फागुन र चैत महिनाका घटना हेर्दा विशेषगरी बालबालिका चितुवाको निसानामा पर्ने गरेका छन् । यस अवधिमा तीनजना बालक चितुवाको आक्रमणमा परेका छन् ।

डेढ महिनामा चितुवाको आक्रणबाट एक बालकको मृत्यु भएको छभने दुई बालक गम्भीर घाइते भएका डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामकुमारी चौधरीले जानकारी दिनुभयो  । विसं २०८१ फागुन ३ गते साँझ करिब ८ बजे मधुवननगरपालिका–९ धर्मबस्तीमा दुई वर्षीय  बालक रिहान चलाउने चितुवाको सिकार भए । ती बालक सानीआमाका घरमा पाहुना आएका थिए ।

यस्तै, यही चैत ९ गते मधुवन नगरपालिका–४ स्थित सरस्वती सामुदायिक वनबाट आएको चितुवाले माया नर्सरी नजिक खेलिरहेका चार वर्षीय बालकलाई साँझ ६:३० बजेतिर आक्रमण गर्‍यो । मधुवन नगरपालिका–४, गमक्का निवासी मुन्सिराम थारूका चार वर्षीय छोरा शुभम् थारूलाई स्थानीयवासीको सहयोगमा बालकलाई घाइते अवस्थामा उद्धार गरियो ।

यस्तै, बुधबार मात्रै दिउँसो करिब २ बजेको समयमा गुलरिया नगरपालिका–४ इन्द्रेणी टोलका सात वर्षीय सिर्जन चौधरीलाई चितुवाले आक्रमण गरेको छ । घरआँगनबाट चितुवाले लैजाँदै गरेको देखेपछि स्थानीयको सहयोगमा बालकको उद्धार गरिएको थियो । बालकको घाँटीमा गहिरो चोट लागेको छ । बर्दिया अस्पताल, गुलरियामा प्रारम्भीक उपचारपछि थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्तिमगरले जानकारी दिनुभयो ।

चितुवाले लगातार आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । स्थानीय नागरिकले वन तथा वातावरण संरक्षणका क्षेत्रमा कार्यरत निकायले चितुवाको आतङ्क नियन्त्रण गर्न आवश्यक उपायहरू अवलम्बन गर्न माग गरेका छन् । रासस