१६ असार २०८३, मंगलवार
,
Latest
जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुलुसमाथि गोली प्रहार गर्ने गाउँपालिका अध्यक्ष धरौटीमा रिहा



अ+ अ-

सर्लाही । जिल्लाको धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह रु २५ हजार धरौटीमा रिहा हुनुभएको छ । जुलुसमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका अध्यक्ष साहलाई जिल्ला अदालत सर्लाहीले रु २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
 
सो घटनामा पक्राउ परेका मुकेशकुमार साह यसअघि नै रु एक लाख र छोटेलाल सहनी रु २५ हजार धरौटीमा रिहा भइसकेका तथा गाउँपालिका अध्यक्षलाई सोमबार रु २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका स्रेस्तेदार शिवहरि पौडेलले जानकारी दिनुभयो ।

गएको असार १४ मा धनकौल गाउँपालिकामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप हुँदा प्रहरीसहित २० घाइते भएका थिए । घाइतेमध्ये नेकपाका केही कार्यकर्तालाई गोलीसमेत लागेको थियो । घटनामा गाउँपालिकाका अध्यक्ष साहले गोली चलाएको आरोप नेकपाले लगाउँदै आएको छ । 

साह काँग्र्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् ।  असार ६ मा जिल्लाकै रामनगर गाउँपालिका–४ बोहरवाका ६० वर्षीय रामजलम राय यादवको हत्या भएको थियो । यादवको हत्याको विरोधमा धनकौलमा नेकपाले निकालेको विरोध ¥यालीमा गोली चल्दा तीन प्रहरीसहित २० प्रदर्शनकारी घाइते भएका थिए । गोली प्रहार घटनामा प्रदेश नं २ का प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहको समेत हात रहेको नेकपाका कार्यकर्ताको आरोप छ ।

सांसद सिंहविरुद्धको उजुरी भने प्रहरीले दर्ता गर्नै नमानेको नेकपाले आरोप लगाएको छ । घाइतेहरुले सांसद सिंह, गाउँपालिका अध्यक्ष साहसहित १० जनाविरुद्ध त्यतिबेलै किटानी जाहेरी दिएका थिए । दबाब बढेपछि प्रहरीले सांसद सिंह र अध्यक्ष साहको घरबाट समेत लाइसेन्स प्राप्त बन्दुक बरामद गरेर अनुसन्धान अघि बढाएको छ ।