८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

गुल्मीका उत्कृष्ट सहकारी सम्मानित

गुल्मीका उत्कृष्ट सहकारी सम्मानित
अ अ+ अ-

गुल्मी। गुल्मीका उत्कृष्ट चार सहकारी सम्मानित भएका छन् । जिल्ला सहकारी सङ्घ गुल्मीले आज अन्तरराष्ट्रिय सहकारी दिवसको अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।

बहुउदेश्यीय सहकारीतर्फ मैत्री बहुउदेश्यीय सहकारी संस्था, महिला सहकारीतर्फ अमरकल्याण महिला विकास बहुउदेश्यीय सहकारी संस्था, बचत ऋण सहकारीतर्फ लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था र कृषि सहकारीतर्फ बाँसखर्क कृषि सहकारी संस्था सम्मानित भएका छन् ।

सम्मानित हुने सहकारीका अध्यक्ष र व्यवस्थापकलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्कीले सम्मानपत्रले प्रदान गर्नुभयो । विसं २०५७ मा स्थापना भएको मैत्री सहकारीमा हाल १४ हजारभन्दा बढी शेयर सदस्य छन् । हाल मैत्रीको शेयर पुँजी रु ५८ करोड छ, भने २० शाखा कार्यालय रहेका छन् ।

विसं २०६२ मा स्थापना भएको अमरकल्याण महिला सहकारीले हिंसा पीडित महिलाका लागि अल्पकालीन आश्रय उपलब्ध गराएको छ, भने सहकारीको आफ्नै भवन रहेको छ । विसं २०५० मा स्थापना भएको लेकाली स्वावलम्बन सहकारीमा हाल चार हजार ३९ शेयर सदस्य छन् । सहकारीमा हाल रु ६८ करोड बढीको कारोबार छ ।

कार्यक्रममा प्रदेशका अर्थमन्त्री कार्कीले सहरका ठूला सहकारीमा समस्या देखिए पनि गाउँका सहकारीमा समस्या नदेखिएको बताउनुभयो । सहकारीको ऋणले गाउँको जीवनस्तर नै परिवर्तन भएको उहाँको भनाइ थियो । प्रदेशसभा सदस्य डिल्लीराज भुसालले गाउँका सहकारी आयआर्जनको ठूलो माध्यम भएको बताउनुभयो । रासस