८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन

लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
अ अ+ अ-

लुम्बिनी। बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि उपकुलपतिको अन्तरराष्ट्रिय सम्मेलन सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा लुम्बिनीमा अन्तरराष्ट्रिय उपकुलपति र १८औँ न्यूज (पूर्व, पश्चिम, उत्तर, दक्षिण) सम्मेलन सुरु भएको हो ।

सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले चौथो औद्योगिक क्रान्तिको जनशक्ति उच्च प्रविधिको सीपयुक्त हुन आवश्यक रहेको बताउनुभयो । विश्वविद्यालयबाट उत्पादन हुने जनशक्ति विश्वव्यापी रुपमा काम गर्न सक्षम हुनुपर्ने उहाँको भनाइ थियो । राष्ट्रिय योजना आयोगले प्रविधियुक्त शैक्षिक विकासमूलक योजना निर्माणमा अग्रसरता दिइरहेको उपाध्यक्ष प्राडा अधिकारीले जानकारी दिनुभयो ।

उच्च शिक्षामा बौद्ध दर्शन अन्तरराष्ट्रियकरण, प्राज्ञिक नेतृत्वमा बौद्ध दर्शन र नैतिकता, चौथो औद्योगिक क्रान्तिमा उच्च शिक्षाको अन्तरराष्ट्रियकरण, नेपालको उच्च शिक्षाका चुनौती र अवसर विषयमा केन्द्रीत रही उपकुलपति सम्मेलन आयोजना गरिएको हो । कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले बौद्ध दर्शनको प्रयोगात्मक अभ्यासबाट नैतिकवान सीपयुक्त जनशक्ति तयार हुने बताउनुभयो । उहाँले लुम्बिनी बौद्ध विश्वविद्यालयले कोर बुद्धिजम र एप्लाईड बुद्धिजम गरी दुई सङ्कायमा शैक्षिक कार्यक्रम सञ्चालन गरी अन्तरराष्ट्रिय विद्यार्थीलाई आकर्षण गर्ने काम गरिरहेको जानकारी दिनुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा त्रिरत्न मानन्धरले बुद्धका शिक्षालाई विश्वव्यापी रुपमा शिक्षण गराउन आवश्यक देखिएको उल्लेख गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयले त्यही लक्ष्य लिई काम गरेको बताउनुभयो । सम्मेलनमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले विश्वभरका विश्वविद्यालयलाई एकअर्कामा जोड्दै स्वदेशी विश्वविद्यालयको विकासमा अनुदान आयोगको कार्य गरिरहेको बताउनुभयो ।

भारतको नालन्दा विश्वविद्यालयका उपकुलपति प्राडा अभयकुमार सिंहले मानव संसाधनको विकासमा बौद्ध दर्शन अनिवार्य सर्त रहेको जिकिर गर्दै यसबाट अहिले आवश्यक रहेको नैतिकवान जनशक्ति उत्पादन गर्न सकिने बताउनुभयो । भारतको सिद्धार्थ विश्वविद्यालयका उपकुलपति प्रा कविता शाहले दीगो र आधुनिक शिक्षा विकासका लागि बौद्ध प्रज्ञा अनिवार्य भइसकेको बताउनुभयो ।

मध्यपश्चिम विश्वविद्यालयका प्राडा धु्रवकुमार गौतमले उच्च शिक्षालाई औद्योगिक जनशक्तिको आवश्यकतासँग जोड्दै विश्वविद्यालयले शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको औँल्याउनुभयो । पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा वेदराज केसीले श्रमबजारसँग जोडेर गएमात्रै उच्च शिक्षाको प्रभावकारिता देखिने भएकाले त्यसतर्फ सबै विश्वविद्यालय लाग्नुपर्ने बताउनुभयो ।

त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा विजुकुमार थपलियाले चौथो औद्योगिक क्रान्तिको चरणमा त्यस्तै क्षमताको मानव संसाधन उत्पादनको जिम्मेवारी विश्वविद्यालयमा रहेको बताउनुभयो । राजर्षिजनक विश्वविद्यालयका प्राडा अमरप्रसाद यादवले स्थानीय औद्योगिक व्यवासायिक सङ्घ संस्थाको सम्पर्कबाट विश्वविद्यालयले शैक्षिक कार्यक्रम चलाउँदा जनशक्ति खपत हुने सम्भावना बढिरहेको आँैल्याउनुभयो । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा धनेश्वर नेपालले परम्परागत पूर्वीय सभ्यतालाई अङ्गिकार गर्दा नैतिकवान जनशक्ति उत्पादन हुने भएकाले लुम्बिनी बौद्ध र संस्कृत विश्वविद्यालय सहकार्य तथा अनुसन्धानमा जुट्न आवश्यक रहेको बताउनुभयो ।

विदुषी योगमाया हिमालय आर्युवेद विश्वविद्यालयका उपकुलपति डा अर्जुन कार्कीले परम्परागत चिकित्सा पद्दतिको विकासका लागि प्राविधिक शिक्षालाई मूलधारमा राखेर अनुसन्धान आवश्यक देखिएको बताउनुभयो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा प्रदीप ज्ञवालीले सोवा रिग्पा मेडिसिन जस्ता विषयलाई प्राथमिकतामा राखेर उच्च शिक्षा सञ्चालनमा जोड दिने समय आएको बताउनुभयो । मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा उपेन्द्र कोइरालाले चौथो औद्योगिक क्रान्तिमा एक देशमै बसेर विश्वव्यापी काम गर्न सकिने अवस्था आउँदै गरेको उल्लेख गर्दै त्यसको व्यवस्थापकीय पक्षलाई अहिलेदेखि नै नेपालले बलियो बनाउनुपर्ने बताउनुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा हृदयरत्न बज्राचार्यले विश्वविद्यालयमा विद्यार्थी अभाव चुनौतीपूर्ण अवस्था बढिरहेकाले यसको समाधानका लागि श्रमबजारसँग जोड्ेर शैक्षिक कार्यक्रम सञ्चालनको आवश्यकता आँैल्याउनुभयो । नियोन विश्वविद्यालय जापानका प्रोफेसर हिरासावा कात्सिकोले मानव संसाधन व्यवस्थापनमा सूचना प्रविधि महत्वपूर्ण रहेकाले विश्वविद्यालयहरुले ग्लोबल नेटवर्क स्थापना गरी प्रविधियुक्त जनशक्ति उत्पादन गर्नुको विकल्प नभएको बताउनुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले बौद्ध शिक्षाको विश्वव्यापीकरणबाट उच्च प्रविधियुक्त जनशक्ति शीलयुक्त हुने बताउनुभयो । उहाँले बौद्ध शिक्षाको प्रवद्र्धनका लागि उपकुलपतिहरुको सम्मेलनबाट ठोस घोषणापत्र जारी हुने बताउनुभयो । कार्यक्रमअन्तर्गत पहिलो दिन मानव संसाधन व्यवस्थापनमा बौद्ध दर्शनको उपयोग, श्रमबजारमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, उच्च शिक्षाका लागि क्षेत्रीय सहयोग र सञ्जाल निर्माण तथा मानव संसाधन व्यवस्थापनमा संस्थागत भूमिका विषयमा ११ देशका अध्येताले २४ कार्यपत्र प्रस्तुत गरेका छन् ।

दोस्रो दिन उपकुलपतिहरुबीच तीन सत्रमा छलफल हुने कार्यक्रम तय भएको छ । चौथो औद्योगिक क्रान्तिका लागि उच्च शिक्षा ः वैश्विक गतिशीलता, बौद्ध ज्ञान र शैक्षिक सहकार्य विषयको एउटा सत्र तथा नेपालमा उच्च शिक्षाका चुनौती र अवसर ः वैश्विक गतिशीलता, बौद्ध ज्ञान, र शैक्षिक उत्कृष्टताको समावेश विषयमा अर्काे सत्र सञ्चालन हुनेछ । यस्तै नेपालमा वैकल्पिक चिकित्सा प्रवद्र्धन ः दीगो विकास लक्ष्यसँगको सहकार्य विषयमा तेस्रो सत्र सञ्चालन हुने छ ।

सम्मेलनमा नेपाल, भारत, चीन, कम्बोडिया, जर्मनी, जापान, लाओस्, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड र भियतनामका विज्ञ तथा अध्येताको सहभागिता रहेको छ । रासस