८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

दुर्गम गाउँमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

दुर्गम गाउँमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया
PEMA LAMA
अ अ+ अ-

धुलिखेल। काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–३ बाङ्गेका ८२ वर्षीय चक्रबहादुर थिङले करिब दुई दशकपछि आँखा देख्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।

एउटा आँखाले अलिअलि मात्रै देखेको र अर्को आँखाले नजिकै पनि केही नदेख्ने अवस्था रहेकामा मङ्गलबार बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा शल्यक्रिया भएपछि आँखा देख्न थालेको उहाँले बताउनुभयो ।

थिङलाई गाउँमा नै संस्थाको आयोजनामा सञ्चालन गरेको आँखा शिविरबाट परीक्षण गर्ने मौका पाएपछि त्यहीबाट शल्यक्रिय गर्नका लागि बनेपासम्म आउने व्यवस्था गरिएको थियो । “अब दुवै आँखाले देख्न सकिनेमा ढुक्क छु”, उहाँले खुसी हुँदै भन्नुभयो ।

खानीखोला–२ फलामेटारका ७२ वर्षीय चन्द्रमान गोलेले शल्यक्रिया पछि आँखा देख्न थाल्नुभएको छ । यसअघि दुवै आँखाले प्रस्ष्ट देख्न नसक्ने उहाँले कहिँकतै पनि आँखाको उपचार गराउनुभएको थिएन । गाउँमा नै सञ्चानल भएको आँखा शिविरबाट परीक्षणपछि निःशुल्क उपचार सेवा पाएको उहाँले बताउनुभयो । गोलेको दुवै आँखाको शल्यक्रिय गरिएको छ ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका शिवलाल घिसिङ मधुरो देख्ने, चिलाउने, दुख्नेजस्ता समस्या भोगिरहेको बेला शिविरमा गएपछि उहाँको आँखाको शल्यक्रिया गरिएको छ । तालढुङ्गामा सञ्चालन भएको शिविर नजिकै परेका कारण छिमेकी जिल्लाका नागरिक पनि सेवा लिन आएका थिए ।

खानीखोला–५ का नानीमाया ब्लोन, बिबीमाया गोले र लालमाया सिङ्तानको पनि सोही शिविरमा आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । हाल उहाँहरु अस्पतालमा नै आराम गरिरहनुभएको छ । उपचारका लागि सुविधायुक्त अस्पतालसम्म पुग्न टाढा जानुपर्ने, खर्च धान्न मुश्किल र समयमा नै उपचार नपाइने समस्या थियो । गाउँमै निःशुल्क आँखा शिविर सञ्चालन गरेपछि यहाँका नागरिकले सहजै सेवा पाएका छन् । गाउँको दुई ठाउँमा सञ्चालन गरिएको शिविरमा ६६ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।

आयोजक संस्था परिवर्तनशील समाज नेपालका अध्यक्ष क्षेत्रबहादुर वाइबाले भौगोलिक रुपमा विकट रहेको ठाउँमा शिविर आयोजना गरेर आँखाको निःशुल्क शल्यक्रिय गरिएको बताउनुभयो । खानीखोलाको आर्थिक सहयोग तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त आँखा शिविरमा करिब तीन सयभन्दा बढीले सेवा पाएका थिए । रासस