७ भाद्र २०८३, आईतवार
,
Latest
सुनसरी–मोरङ सिँचाइलाई कृषि उत्पादन र रोजगारीसँग जोड्न मन्त्री श्रेष्ठको जोड प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान पहिरोले विभिन्न सडक अवरुद्ध गृहमन्त्री गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने अमेरिका–इरान द्वन्द्व र सीमा क्षेत्रको तनावले अफगानी व्यापारी तथा श्रमिक मारमा सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते महिला तथा बालबालिकामाथिको हिंसाविरुद्ध साझा नागरिक पहलमा एकजुट हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते टर्की र इजरायलबीचको कुटनीतिक तनाव उत्कर्षमाः प्रधानमन्त्री नेतान्याहूविरुद्ध ‘रेड नोटिस’ जारी गर्न टर्कीको माग नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाका वरिष्ठ नेता बोहोराको शव श्रद्धाञ्जलीका लागि आज पार्टी कार्यालयमा राखिँदै



अ+ अ-

काठमाडौं । रााष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहोराको शव आज अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने भएको छ ।

काठमाडौंको ओम अस्पतालमा हिजो उपचारका क्रममा निधन भएका बोहोराको शव हिजै गृहजिल्ला रुपन्देही लगिएको थियो । त्यहाँ श्रद्धाञ्जलीपछि आज उहाँको शव काठमाडौं ल्याएर पार्टी कार्यालयमा राख्न लागिएको हो ।

राप्रपाले बोहोराको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन आज दिउँसो २ बजेखि पार्टी कार्यालयमा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाएको छ ।

वरिष्ठ नेता बोहोराको निधनमा राप्रपाले तीन दिन शोक मनाइरहेको छ । शोक प्रकट गर्न तीन दिन पार्टीको केन्द्रीय कार्यालय, जिल्ला र कमिटिगत कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, तीन दिन कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरिएको हो ।