१६ असार २०८३, मंगलवार
,
Latest
झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलिदेखि राति ९ बजेपछि हिँडडूल गर्न नपाइने



अ+ अ-

काठमाडौँ । भोलि साउन २२ गतेदेखि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाइएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर भोलि बिहीबारदेखि नै लागू हुने गरी यो नियम बनाइएको हो । सो निर्णय गृह मन्त्रालयले गरेको जनाएको छ ।

गृह मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा लागू हुने गरी यो निर्णय गरिएको हो । उनले भने, ‘अत्यावश्यक सेवामा भने यो निर्णय लागू हुने छैन ।’

सरकारले बिहीबारबाटै लागू हुने गरी काठमाडौंमा सवारी साधनको सञ्चालनमा जोर बिजोर प्रणाली अपनाएको बताएको छ । साथै उपत्यका सहितका २ सयभन्दा बढी संक्रमित भएका जिल्लामा जोरविजोर प्रणाली लागू गरेसँगै हिँडडूलमा पनि रोक लगाउने यो निर्णय गरिएको छ ।

साथै सरकारले अबदेखि लकडाउन गर्नु परेमा पनि जिल्ला प्रशासनले गर्नसक्ने गरी अधिकार दिएको छ । साथै अन्तर्राष्टिय सीमा नाकाहरुमा पनि आगमन बन्द गर्ने बताइएको छ ।