२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 16.93

Wind: 1.03

Humidity: 72

तपाईं के खोज्दै हुनुहुन्छ ?

दुःखलाई शक्तिमा परिणत गर्ने कोशिस गर्छौं: राप्रपा सांसद शाही



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले केही नेताहरु थुनिएको र वरिष्ठ नेताको निधनले पार्टी दुखित भएको बताउनुभएको छ ।

मंगलवार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै शाहीले यस्तो बताउनुभएको हो । उहाँले पार्टीले सामना गरिरहेको वर्तमान परिस्थितिलाई शक्तिमा बदल्ने कोशिस रहने बताउनु भयो । उहाँले वरिष्ठ नेता दीपक बोहराप्रति श्रदाञ्जली व्यक्त गदै मुलकको विकासको लागि गरेको योगदानलाई आत्मसाथ गर्दै अघि बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एकदमै दुःखको दिन हो । पार्टीका वरिष्ट नेता माननीय दीपक बोहराको निधनले पार्टी र सम्रग नेताहरु दुखित र स्तब्द भएका छौं । नेपाली राजनीतिमा उहाँले गरेको योगदान र उहाँले सिकाएको बाटो पार्टीले अपनाउने छ । हाम्रा नेताहरु पनि थुनिएका छन् र हाम्रा वरिष्ठ नेता समेत छोडेर जानु भएको छ । हामी यो दुःखलाई शक्तिमा परिणत गर्ने कोशिस गर्छौं ।’

राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको मंगलवार उपचारको क्रममा निधन भएको थियो ।