८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सरकारले भूकम्पपीडितका लागि म्यानमारमा सहायता सामग्री पठाउने

सरकारले भूकम्पपीडितका लागि म्यानमारमा सहायता सामग्री पठाउने
अ अ+ अ-

काठमाडौं । नेपाल सरकारले म्यानमारमा हालै गएको भूकम्पका पीडितहरुका लागि खाद्यान्न लगायतका सहायता सामग्री पठाउने भएको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले सो निर्णय गरेको हो ।

परराष्ट्र मन्त्रालयको समन्वयमा तत्कालका लागि सहयोग पुग्नेगरी चाउचाउ, विस्कुटलगायतका खाद्यान्न, औषधि तथा ब्लाङ्केट आदि सहायता सामग्रीहरु म्यानमार पठाइने भएको हो । सोमबार मन्त्रालयमा आयोजित यस सम्बन्धी बैठकमा परराष्ट्र मन्त्री आरजु राणा देउवाले सहायता सामग्री सहयोगका लागि नेपालका निजी क्षेत्रका संघसंस्थाहरुलाई पनि आह्वान गर्नुभयो ।

उहाँले अप्ठेरोमा परेका म्यानमारका जनतालाई तत्कालका लागि आवश्यक सहयोग पुग्नेगरी मानवीय सहायता एवं राहातस्वरुप नेपाल सरकारले सामग्री पठाउने जानकारी दिनुभयो ।

सो बैठकमा उपस्थित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सिएनआइका अध्यक्ष राजेश अग्रवाललगायतले निजी क्षेत्रका तर्फबाट संस्थागत रुपमा सहायता सामग्री उपलब्ध गराउने जानकारी दिनुभयो । बैठकमा परराष्ट्र सचिव अमृतबहादुर राइ, गृह सचिव गोकर्णमणि दुवाडी, अर्थ सचिव घनश्याम उपाध्यायले सहायता सामग्रीहरु जम्मा गरेर परराष्ट्र मन्त्रालय मार्फत् जतिसक्दो चाँडै म्यानमार पठाइने बताउनुभयो ।

म्यानमारमा यही चैत १५ गते गएको ७.७ रेक्टर स्कलेको भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ ।