७ भाद्र २०८३, आईतवार
,
Latest
ईभीको तीव्र विस्तार र चार्जिङ पूर्वाधारको चुनौती देखाउँदै १८औँ ‘नाडा अटो साे २०२६’ उज्वेकिस्तानको चिकित्सा शिक्षामा चम्किदै नेपाली युवा डा. किसन भण्डारी व्यवसायी सक्रिय नभए संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा पर्न सक्छ : निधी पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ नाडा अटो शोको तयारी तीव्र, भृकुटीमण्डपमा स्टल निर्माणको चटारो नीतिगत अस्पष्टता र अव्यावहारिक मापदण्डले प्राङ्गारिक मल उद्योग संकटमा गरिमा हत्या प्रकरणमा कानूनमन्त्री गौतमको आग्रह : ‘मिडिया ट्रायल नगरौँ, न्यायको प्रक्रिया नबिगारौँ’ कानून रातारात बन्दैन,अनुसन्धान नाराले पूरा हुँदैन, न्याय आक्रोशले मात्र प्राप्त हुँदैन च्यातिएका म्याटमा अभ्यास गरेर पदक जित्ने नेपालका उसु खेलाडीको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारको सुरक्षा तथा क्षतिपूर्तिका लागि प्रदेश सरकारले पहल गर्ने



अ+ अ-

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतकुमार कार्कीले पत्रकारको सुरक्षा तथा क्षतिपूर्तिका लागि प्रदेश सरकारले केन्द्रीय सरकारसँग समन्वय र पहल गर्ने प्रतिबद्वता व्यक्त गर्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले बुझाएको ज्ञापनपत्र बुझ्दै आज उहाँले काठमाडौँमा भएको हिंसात्मक आन्दोलन लोकतन्त्र माथिको प्रहार भएको बताउनुभयो । पत्रकार महासङ्घले लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उठाएको आवाजमा आफू सदैव उभिने प्रतिबद्धता व्यक्त गर्दै व्यवस्थाप्रतिको प्रहार रोक्न र गणतन्त्रको पक्षमा उभिन पत्रकारलाई मुख्यमन्त्री कार्कीले आग्रह गर्नुभयो ।

उहाँले अपराधिक मनस्थितिबाट गरिएको आन्दोलनलाई सबैतिरबाट विरोध गर्नुपर्ने बताउँदै पत्रकारको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घले पत्रकारको सुरक्षाको माग गर्दै मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएको थियो । नेपाल पत्रकार महासङ्घ कोशीका केन्द्रीय सदस्य कमल रिमाल, कोशी प्रदेशका अध्यक्ष भरत खड्का, जिल्ला अध्यक्ष सुशिला पाठकलगायतले मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउनुभएको थियो । रासस