१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली समाज धार्मिक सहिष्णुताको दृष्टिले उदाहरणीय छ: अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाली समाज धार्मिक सहिष्णुताको दृष्टिले उदाहरणीय रहेको बताउनुभएको छ ।

मुस्लिम समुदायको ईद–उल– फित्रका अवसरमा एक सन्देश जारी गर्दै उहाँले मुलुकमा सबै जाति समुदायबीच कायम रहेको सद्भाव, विभिन्न समुदायका चाडपर्व र धर्म–संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाएको बताउनुभयो ।

इस्लाम धर्मावलम्बीसहित स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गर्दै अध्यक्ष नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुकमा मौलिक पर्व तथा संस्कृतिले राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यसैबीच पूर्वप्रधानमन्त्री झलनाथ खनालले ईदको शुभकामना दिँदै मेलमिलापका साथ खुसी साटासाट गर्ने यस पर्वले विविधतामा आधारित नेपालीको राष्ट्रिय एकता र आस्थागत सहिष्णुता प्रवर्द्धनमा सहयोग गर्ने बताउनुभयो ।

उहाँले मुस्लिम समुदायले आपसमा भ्रातृत्व र पारिवारिक मिलनका साथै मानवीयताको पर्वका रूपमा मनाइने इदले सामाजिक सद्भाव तथा सहिष्णुताको भावना अभिवृद्धि गर्ने उल्लेख गर्नुभयो । रासस