७ भाद्र २०८३, आईतवार
,
Latest
तिशा शाक्यले जितिन् मिस नेवाः नेपालको उपाधि मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’ कांग्रेसमा प्रवेश गरे रास्वपाका पूर्वनगर सभापति न्यौपाने रास्वपा सभापति लामिछानेको चीन भ्रमण स्थगित वैदेशिक रोजगारीको प्रलोभनमा रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ वीरगञ्जमा खोलामा डुबेर एक व्यक्तिको मृत्यु वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत गराउन मौसमी महसुलको तयारी मकवानपुरको कैलाश गाउँपालिका र सिएमसी हस्पिटलबीच स्वास्थ्य सेवा प्रवाहसम्बन्धी सम्झौता लामो समय मोबाइलमा कुरा गर्दा श्रवण क्षमता कमजोर हुने जोखिम बालिका गरिमा चौधरीको बलात्कारपछि हत्याविरुद्ध माईतीघरमा प्रदर्शनः दोषीलाई कडा कारबाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षीको भावनालाई सम्मान गर्छु, मसिना कुरालाई इगोको रुपमा नलिऔँः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मसिना कुराहरुलाई इगोको रुपमा नलिइ संसद सुचारु गर्न प्रतिपक्षीलाई आग्रह गर्नुभएको छ ।

सोमवार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले संसदमा ल्याइएका अध्यादेशहरु संविधान अनुसार नै भएकाले दुवै सदनबाट स्वीकृत भइसकेको बताउनु भयो । उहाँले संविधानलाई समृद्ध बनाउँदै कार्यान्वयनमा लैजान कानून निर्माण आवश्यक भएकाले अध्यादेश ल्याउनुपरेको बताउनु भयो । उहाँले सबै दलको एकताबद्धताले स्थपित भएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले देशमा भइरहेका गणतन्त्र बिरोधी गतिविधि तथा आफ्नो थाइल्याण्ड भ्रमणको विषय रहेकाले सबै दलहरुलाई एकतावद्ध भएर संसद सुचारु गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी यतिबेला एकजुट भएर जनतालाई जगाएर, व्यवस्था र संविधानको रक्षा गरेर यिनलाई सफल बनाएर अगाडि जानुपर्नेमा हामी ससाना निहुहरुमा अल्झिरहेका छौँ । नअल्झिउँ भन्न चाहन्छु । सदनको अवारेधलाई अन्त्य गरेर एकतावद्ध भएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाऔँ । हामी आफैँले बनाएको संविधानलाई समृद्ध बनाऔँ । मेरो आग्रह छ । जहाँसम्म कानून निर्माणको प्रश्न छ अध्यादेश ६ वटामध्ये एउटा पेश गरेनौँ । पाँच वटा समयभित्रै पाँचवटा दुवैसदनबाट स्वीकृत भइसक्या छ । अब अध्यादेश भनेको कुरा यो अध्यादेशको संसदमा ११४ को २ ले व्यवस्था गरेको छ त्यसअनुसार नै हुनेछ भन्ने कुरा छर्लङ्गै छ भन्नेकुरा छ । यसकारण म प्रतिपक्षको भावनाको सम्मान गर्दै अहिले परिस्थिति गतिविधि मेरो थाइल्याण्डको भ्रमणदेखि लिएर अहिले हामीहरुबीच चलिरहेको साना मसिना कुरामा इगोको रुपमा लिएर अल्झिएको छौ यसलाई इगोको विषय नबनाऔँ सदन सुचारु गरौँ म आग्रह गर्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्र्तीेबारे अदालतमा विचाराधिन रहेकाले संसदमा छलफल गर्नु उचित नहुने बताउनु भयो । उहाँले लोकसेवाले नियुक्त गरेको बाहेक राजनीतिक नियुक्तहरु सरकार फेरिएपछि स्वतः फेरिने विधिमा जानु व्यस्था मिलाउनु पर्ने बताउनु भयो ।