६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चाले भन्योः राजावादीको आन्दोलन जंगली चरित्रको, खतराप्रति जनता परिचालन गर्ने



अ+ अ-

काठमाडौँ । समाजवादी मोर्चाले चैत्र १५ गते राजावादीहरुले गरेको आन्दोलन जंगली चरित्रको भएको निस्कर्ष निकालेको छ ।

सोमवार नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कार्यालयमा बसेको समाजवादी मोर्चाको बैठकले चैत्र १५ गतेको राजावादीहरुको आन्दोलन आततायी र जंगली चरित्रको रहेको निस्कर्ष निकालेको हो ।

बैठकले १५ गतेकै सामजवादी मोर्चाको कार्यक्रम भने शालिन र सशक्त भएको दाबी गरेको छ । साथै समाजवादी मोर्चाको उक्त कार्यक्रमले नै गणतन्त्रको रक्षाको मोर्चा सशक्त भएको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताउनु भयो । उहाँले राजावादीहरुको क्रियाकलाप पूर्ण रुपमा नियन्त्रण गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय भएको बताउनु भयो । समाजवादी मोर्चाले घटनामा संलग्न भएका र डिजाइनकर्ताहरुलाई कारबाही गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । तीनकुने घटनामा भएका क्षतिपूर्ति सरकारले योजनाकारसँग असुल गरेर तिराउनुपर्ने निर्णय गरेको छ । राजावादीहरुको क्रियाकलाप पूर्ण रुपमा नियन्त्रण गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गर्नुपर्ने माग गरेको छ । जनतालाई जागरुक गरेर खतराप्रति सचेत गरी जनता परिचालन गर्ने योजना सोच्नुपर्ने निस्कर्ष निकालेको छ । नेपालका युवालाई संगठित रुपमा अघि बढाएर रक्षकको रुपमा अघि सार्नुपर्ने निर्णय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चैत्र १५ गतेको समाजवादीहरुको आन्दोलनले के देखाएको छ भने आन्दोलन शालिन र सशक्त भएको छ । साथै गणतन्त्रको रक्षाको मोर्चा सशक्त भएको छ । त्यो दिनको कार्यक्रम नभएको भए प्रतिगामी तत्वहरुको जुन कोटेश्वरमा गतिविधि देखियो, असाध्यै गैरजिम्मेवार छ । देशमा अशान्ति मच्चाउने छ । त्यसको रुप हेर्दा बढो आततायी, बढो जंगली चरित्रको छ । त्यसलाई रक्षात्मक बनाउन र त्यसलाई कमजोर बनाउन पनि १५ को बिरोध सभाले महत्वपूर्ण योगदान गरेको छ । त्यो घटना योजनावद्ध छ ।’

समाजवादी मोर्चाले देशको अहिलेको स्थितिमा विदेशीहरुले पनि कतै न कतै सहयोग गरेको देखिएको निस्कर्ष निकालेको छ । गणतन्त्रवादी राजनीतिक दलहरुको आईतवारको बैठकमा गणतन्त्रको रक्षा गर्नुपर्छ, षड्यन्त्रको भण्डाफोर गरेर कारबाही गर्नुपर्छ भन्ने विचार आएको भएपनि सरकारको विचार भने घटनाको बारेमा कम आँकलन भएको जिकिर समाजवादी मोर्चाको छ ।