१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चाले भन्योः राजावादीको आन्दोलन जंगली चरित्रको, खतराप्रति जनता परिचालन गर्ने



अ+ अ-

काठमाडौँ । समाजवादी मोर्चाले चैत्र १५ गते राजावादीहरुले गरेको आन्दोलन जंगली चरित्रको भएको निस्कर्ष निकालेको छ ।

सोमवार नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कार्यालयमा बसेको समाजवादी मोर्चाको बैठकले चैत्र १५ गतेको राजावादीहरुको आन्दोलन आततायी र जंगली चरित्रको रहेको निस्कर्ष निकालेको हो ।

बैठकले १५ गतेकै सामजवादी मोर्चाको कार्यक्रम भने शालिन र सशक्त भएको दाबी गरेको छ । साथै समाजवादी मोर्चाको उक्त कार्यक्रमले नै गणतन्त्रको रक्षाको मोर्चा सशक्त भएको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताउनु भयो । उहाँले राजावादीहरुको क्रियाकलाप पूर्ण रुपमा नियन्त्रण गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय भएको बताउनु भयो । समाजवादी मोर्चाले घटनामा संलग्न भएका र डिजाइनकर्ताहरुलाई कारबाही गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । तीनकुने घटनामा भएका क्षतिपूर्ति सरकारले योजनाकारसँग असुल गरेर तिराउनुपर्ने निर्णय गरेको छ । राजावादीहरुको क्रियाकलाप पूर्ण रुपमा नियन्त्रण गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गर्नुपर्ने माग गरेको छ । जनतालाई जागरुक गरेर खतराप्रति सचेत गरी जनता परिचालन गर्ने योजना सोच्नुपर्ने निस्कर्ष निकालेको छ । नेपालका युवालाई संगठित रुपमा अघि बढाएर रक्षकको रुपमा अघि सार्नुपर्ने निर्णय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चैत्र १५ गतेको समाजवादीहरुको आन्दोलनले के देखाएको छ भने आन्दोलन शालिन र सशक्त भएको छ । साथै गणतन्त्रको रक्षाको मोर्चा सशक्त भएको छ । त्यो दिनको कार्यक्रम नभएको भए प्रतिगामी तत्वहरुको जुन कोटेश्वरमा गतिविधि देखियो, असाध्यै गैरजिम्मेवार छ । देशमा अशान्ति मच्चाउने छ । त्यसको रुप हेर्दा बढो आततायी, बढो जंगली चरित्रको छ । त्यसलाई रक्षात्मक बनाउन र त्यसलाई कमजोर बनाउन पनि १५ को बिरोध सभाले महत्वपूर्ण योगदान गरेको छ । त्यो घटना योजनावद्ध छ ।’

समाजवादी मोर्चाले देशको अहिलेको स्थितिमा विदेशीहरुले पनि कतै न कतै सहयोग गरेको देखिएको निस्कर्ष निकालेको छ । गणतन्त्रवादी राजनीतिक दलहरुको आईतवारको बैठकमा गणतन्त्रको रक्षा गर्नुपर्छ, षड्यन्त्रको भण्डाफोर गरेर कारबाही गर्नुपर्छ भन्ने विचार आएको भएपनि सरकारको विचार भने घटनाको बारेमा कम आँकलन भएको जिकिर समाजवादी मोर्चाको छ ।




भर्खरै