८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

लेखक तथा कूटनीतिज्ञ कमल कोइरालाको निधन

लेखक तथा कूटनीतिज्ञ कमल कोइरालाको निधन
अ अ+ अ-

काठमाडौं । लेखक तथा कुटनीतिज्ञ कमल कोइरालाको आज निधन भएको छ । सिनामंगलस्थित केएमसी अस्पतालमा उनको मृत्यु भएको हो । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले सामाजिक सञ्जालमार्फत् कमल कोइरालाको निधन भएको पुष्टि गर्नुभएको छ ।

कोइरालाको शव श्रद्धाञ्जलीका लागि भोलि बिहान ११ बजे पार्टी कार्यालय आलोकनगरमा राखिने पत्रकार किशोर श्रेष्ठले जानकारी दिए ।

कोइरालालाई केही दिनअघि पक्षघात भएपछि अस्पताल भर्ना गरिएको थियो । बानेश्वरस्थित आफ्नै निवासमा ढलेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

कोइरालाको शरीर पूर्ण रूपमा प्यारालाइज्ड भएको थियो । उनलाई छोरी र ज्वाइँले केएमसी अस्पताल पुर्‍याएका थिए । अस्पतालको इमर्जेन्सीमा चेकजाँच पश्चात् आइसीयूमा राखेर उपचार गरिएको थियो ।

कमल कोइराला भूतपूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा र बिपी कोइराला भतिज हुन् । उनी नेपालका लागि कोरियाका राजदूत बनेका थिए । लामो समयदेखि उनी लेखन कार्यमा सक्रिय छन् ।

कोइराला अमेरिका जाने तयारीमा थिए । अमेरिकामा उनका छोरा छन् ।