१९ चैत्र २०८१, मंगलवार
April 1, 2025 Tuesday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 15.39

Wind: 1.54

Humidity: 55

Latest
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न मन्त्रिपरिषद्का निर्णयः प्रदर्शनका क्रममा घाइते भएकाको निःशुल्क उपचार ‘जडीबुटी कम्पनी चाँडै बौरिने छ’ रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युतविहिन प्रधानमन्त्री ओली थाइल्यान्डमा कीर्तिपुरस्थित क्रिकेट मैदानको निरीक्षण अब सहरी विकास मन्त्रालयबाट एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ‘कार्यान्वयनयोग्य बजेट ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित छ’ कुलमान र हितेन्द्र दुवैको रिट हेर्दाहेर्दैमा नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चापागाईं नियुक्त, यस्ता छन् मन्त्रीपरिषदका अन्य निर्णयहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध



अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक निर्धारित कार्यसूचीमा प्रवेश नगरी स्थगन गरिएको छ ।

बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले आ–आफ्नो आसनबाट उभिएर अवरोध गरेपछि कार्यसूचीमा प्रवेश नगरी बैठक अवरुद्ध हुन पुगेको हो । अवरोधका बीच सभामुखको अनुमतिमा प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सदस्य खेमादेवी विष्टले आफ्नो धारणा राख्दै सुशासन कायम राख्न र नियमविपरीत गरिएका राजनीतिक नियुक्तिका सवालमा सरकारले जवाफ दिनुपर्ने माग गर्नुभयो ।

उहाँले दिगो वन व्यवस्थापनसम्बन्धी विधेयक तयारीका क्रममा वनमन्त्रीबाट आर्थिक चलखेल भएको भनेर सार्वजनिक भएको श्रव्य सामग्रीको घटनाबारे सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नुभयो । उक्त सामग्री सार्वजनिक भएको घटनामा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले शनिबार पदबाट राजीनामा दिनुभएको थियो ।

विष्टको सम्बोधनपछि पनि प्रतिपक्षी दलका सदस्यले अवरोध जारी राखेपछि सभामुख भीमबहादुर भण्डारीले आजको बैठकको पूर्वनिर्धारित कार्यसूची हटाई अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगन गरिएको जानकारी गराउनुभयो ।

प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा र स्वतन्त्र सदस्यले प्रदेशसभाको बैठक अवरुद्ध पार्दै आएका छन् । रासस