४ भाद्र २०८३, बिहीबार
,
Latest
राप्रपा विवादकै बीच किरण थापा मगरले लिए मुख्यमन्त्रीको शपथ बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदक विजेता भेट्रान खेलाडी सम्मानित



अ+ अ-

काठमाडौँ। नेपाल मास्टर्स एथलिट सङ्घले खुला अन्तरराष्ट्रिय एथलेटिक्स प्रतियोगिताको विभिन्न उमेर समूहका पदक विजेता भेट्रान खेलाडीलाई आज सम्मान गरेको छ ।

थाइल्यान्डको च्याङराईमा फेब्रुअरी १३ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा नेपालले एक रजत र दुई कास्य पदक जितेको थियो । कृष्णप्रसाद सिग्देलले पुरुष ५५–६० वर्ष उमेर समूहतर्फ लङजम्पमा रजत जितेका थिए ।

पुरुष ८०–८५ वर्ष समूहको एक हजार ५०० मिटर दौडमा ग्रिवानविक्रम शाह तथा ५५–६० वर्ष उमेर समूहको पाँच हजार मिटर दौडमा सुनिल शाक्यले कास्य जितेका थिए । उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ र नेपाल मास्टर्स एथलिट सङ्घका अध्यक्ष जिएन दाई शर्माले प्रशंसापत्रसहित सम्मान गर्नुभयो ।