२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन

राजावादीको हिंसात्मक प्रदर्शनका दोषीलाई सरकारले कारबाही गर्छ : मन्त्री गुरुङ

राजावादीको हिंसात्मक प्रदर्शनका दोषीलाई सरकारले कारबाही गर्छ : मन्त्री गुरुङ
सञ्चारमन्त्री गुरुङ–मन्तव्य काठमाडौँ, १७ चैतः सञ्चार मन्त्रालयले आइतबार काठमाडौँमा आयोजना गरेको विषयगत समिति (सञ्चार तथा सूचना प्रविधि क्षेत्र) को बैठक (सङ्घ प्रदेश र स्थानीय तह) समन्वय तथा अन्तरसम्बन्ध (ऐन, २०७७ को दफा २२ बमोजिम) मा मन्तव्य राख्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिरः मधु शाही÷रासस
अ अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यही चैत १५ गते काठमाडौँमा राजवादीहरुले गरेको हिंसात्मक प्रदर्शनको सत्यतथ्य छानबिन गरी दोषिमाथि कानुनबमोजिम कारबाही गरिने बताउनुभएको छ ।

मन्त्रालयमा आज प्रेस चौतारी नेपालले घटनाबारे ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएपछि मन्त्री गुरुङले हिंसात्मक प्रदर्शन गर्नेलाई छानबिन समिति बनाएर सरकारले कानुनी दायरमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । राजकीय सत्ता जनतामा सुम्पिन्छु भनेर राजनीतिक पार्टीसँग गरेको प्रतिबद्धता पूर्व राजा ज्ञानेन्द्र शाहले बिर्सिएको र आन्दोलनका नाममा हिंसात्मक बाटो अपनाउनु गलत रहेको उहाँको भनाइ थियो ।

“पूर्व राजाले नेपालका पार्टीसँग गरेको सहमति तोडेका छन्,” मन्त्री गुरुङले भन्नुभयो, “चैत १५ गते काठमाडौँमा भएको हिंसात्मक प्रदर्शनीको जिम्मेवारी राजावदीले लिनुपर्छ । यो घटनाको छानबिनको दायरामा पूर्व राजा पनि पर्नेछन् । हत्या, हिंसा र लुटपाटको घटनामा दोषी देखिएका सबैमाथि कानुनी कारबाही हुन्छ ।

एभिन्युजका पत्रकार सुरेश रजकको मृत्युको घटनामा आन्दोलनकारीकै मुख्य हात रहेको मन्त्री गुरुङले बताउनुभयो । सञ्चारगृहहरुमाथि आन्दोलनकारीको आक्रमण निन्दनीय रहेको उल्लेख गर्दै उहाँले सञ्चारगृहको क्षति मूल्याङ्कन गरी सहयोग प्रदान गरिने बताउनुभयो । आन्दोलनका क्रममा घाइते भएका सबैको सरकारले उपचार गर्ने उहाँले जानकारी दिनुभयो । रासस