२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजावादीको हिंसात्मक प्रदर्शनका दोषीलाई सरकारले कारबाही गर्छ : मन्त्री गुरुङ



सञ्चारमन्त्री गुरुङ–मन्तव्य काठमाडौँ, १७ चैतः सञ्चार मन्त्रालयले आइतबार काठमाडौँमा आयोजना गरेको विषयगत समिति (सञ्चार तथा सूचना प्रविधि क्षेत्र) को बैठक (सङ्घ प्रदेश र स्थानीय तह) समन्वय तथा अन्तरसम्बन्ध (ऐन, २०७७ को दफा २२ बमोजिम) मा मन्तव्य राख्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिरः मधु शाही÷रासस
अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यही चैत १५ गते काठमाडौँमा राजवादीहरुले गरेको हिंसात्मक प्रदर्शनको सत्यतथ्य छानबिन गरी दोषिमाथि कानुनबमोजिम कारबाही गरिने बताउनुभएको छ ।

मन्त्रालयमा आज प्रेस चौतारी नेपालले घटनाबारे ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएपछि मन्त्री गुरुङले हिंसात्मक प्रदर्शन गर्नेलाई छानबिन समिति बनाएर सरकारले कानुनी दायरमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । राजकीय सत्ता जनतामा सुम्पिन्छु भनेर राजनीतिक पार्टीसँग गरेको प्रतिबद्धता पूर्व राजा ज्ञानेन्द्र शाहले बिर्सिएको र आन्दोलनका नाममा हिंसात्मक बाटो अपनाउनु गलत रहेको उहाँको भनाइ थियो ।

“पूर्व राजाले नेपालका पार्टीसँग गरेको सहमति तोडेका छन्,” मन्त्री गुरुङले भन्नुभयो, “चैत १५ गते काठमाडौँमा भएको हिंसात्मक प्रदर्शनीको जिम्मेवारी राजावदीले लिनुपर्छ । यो घटनाको छानबिनको दायरामा पूर्व राजा पनि पर्नेछन् । हत्या, हिंसा र लुटपाटको घटनामा दोषी देखिएका सबैमाथि कानुनी कारबाही हुन्छ ।

एभिन्युजका पत्रकार सुरेश रजकको मृत्युको घटनामा आन्दोलनकारीकै मुख्य हात रहेको मन्त्री गुरुङले बताउनुभयो । सञ्चारगृहहरुमाथि आन्दोलनकारीको आक्रमण निन्दनीय रहेको उल्लेख गर्दै उहाँले सञ्चारगृहको क्षति मूल्याङ्कन गरी सहयोग प्रदान गरिने बताउनुभयो । आन्दोलनका क्रममा घाइते भएका सबैको सरकारले उपचार गर्ने उहाँले जानकारी दिनुभयो । रासस