१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको सांसद सापकोटाको आरोप

प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको सांसद सापकोटाको आरोप
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको आरोप लगाउनुभएको छ ।

आईतवार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले तीनकुनेमा भएको व्यवस्था विरोधी घटनाका बारेमा प्रधानमन्त्रीले संसदमार्फत सम्बोधन गरेर व्यवस्थाप्रति विश्वास आर्जन गर्नुपर्ने बताउनु भयो । उहाँले गणतन्त्रवादीहरुलाई एकताबद्ध गरी व्यवस्था सुदृढ बनाउनु पर्नेमा प्रधानमन्त्री अन्तै अल्मलिएको जिकिर गर्नुभयो । उहाँले प्रधानमन्त्रीले उश्रृृ्खङल र अराजकतालाई मलजल गरेको आरोप लगाउनु भयो । व्यवस्था विरोधी तीनकुने घटनामा मान्छेलाई थुनेर आगो लगाएर हत्या हुँदा समेत प्रधानमन्त्रीले कुनै सम्बोधन नगरेर लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउने अवसर गुमाएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘आज प्रधानमन्त्रीले संसदमा आएर सबै घटनाक्रमका बारेमा देशलाई अपिल गर्ने, गणतन्त्रवादीहरुलाई एकताबद्ध गराउने र यो व्यवस्थाका बारेमा विश्वास आर्जन गर्ने एउटा ठुलो अवसर थियो । यति ठूलो कुरा संसदमा आएर नगरेर प्रधानमन्त्री कहाँ अल्मलिरहनुभएको छ ? यसले के देखाउँछ भने यो व्यवस्थालाई रक्षा गर्नका निमित्त, यो व्यवस्थालाई सुदृढ गर्नका निमित्त, विधि मूल्य मान्यतालाई सुदृढ गरेर अगाडि लैजानका लागि प्रधानमन्त्री जिम्मेबार हुनुहुन्न । र यो अराजकता बेथिति र उश्रृङ्खलतालाई थप मलजल गर्ने काम गरी राख्नुभएको छ । त्यसकारण हामीले के भन्यौ भने प्रधानमन्त्री आउनुप¥यो, हामी अझै केही घण्टा कुर्न तयार छौँ । प्रधानमन्त्री आउनुभएपछि हाम्रो कुनै अवरोध हुँदैन । र प्रधानमन्त्रीले यी सबै पछिल्ला जे अराजकता, उछृङखलता र व्यवस्थाकाविरुद्ध जुन प्रकारका लुटपाट मच्चाइयो, मान्छेहरुलाई थुनेर आगो लगाएर हत्या गर्ने स्थिति सिर्जना भयो यी सबैका बारेमा प्रधानमन्त्री त आज हामीले नबोलाए पनि आउनु पथ्र्यो ।

सांसद सापकोटाले प्रधानमन्त्री र सत्तापक्ष असहिष्णु, गैरजिम्मेवार, घटनक्रम र व्यवस्थाप्रति संवेदनशील नभएको आरोप लगाउनु भयो । राजनीतिक परिस्थिति थप जटिल बन्दै गएको उहाँको भनाइ छ ।