१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

राजावादीहरुको प्रदर्शनबारे सांसद बस्नेतको टिप्पणीः कहिले जुलुस निस्केला र लुट्न पाइएला भनेर बसेको देखियो

राजावादीहरुको प्रदर्शनबारे सांसद बस्नेतको टिप्पणीः कहिले जुलुस निस्केला र लुट्न पाइएला भनेर बसेको देखियो
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले सरकारको कमजोरीको कारण राजावादीको प्रदर्शन अराजकतामा परिणत हुँदा पनि प्रहरी निरिह बन्नुपरेको बताउनुभएको छ ।

आईतवार संघीय संसदको परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

राजावादी समूहका प्रदर्शनकारीहरु कहिले जुलुस निस्केला र लुटौंला भनेर बसेको देखिएको समेत उहाँको टिप्पणी छ । उहाँले राजावादीहरु राजनीतिक इच्छाका कारण नभई धमिलो पानीमा माछा मार्ने उद्देश्यले प्रदर्शन गरिरहेको तर्क गर्नुभयो । उहाँले मान्छे नै मार्ने र निजी सम्पतीमा आगजनी तथा लुटपाट भएको अवस्थामा प्रहरीले साइत हेरेर बस्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तीनकुनेमा जुलुस निक्लिने, भाटभटेनीमा लुटपात मच्चिने ! कहिले जुलुस निस्केला र लुट्न पाइएला भनेर हेरिबसेको देखिएन ? देखियो नि । त्यो त नेतृत्वले जिम्मा लिनुपर्छ नि । त्यसकारण राजनीतिक इच्छाका कुराले भन्दापनि धमिलो पानीमा माछा मार्ने उद्देश्यका साथ गतिविधि अघि बढेको त देखियो नि । त्यसकारणले राज्यको उपस्थिति पनि कमजोर देखियो । प्रहरीहरु निरिहजस्तो देखियो । आदेश चाहियो नि । सार्वजनिक सम्पतीमा आगजनी भइसक्यो, मान्छे मर्न थालिसके, लुटपाट भइराछ भनेपछि प्रहरीले साइत हेरेर बसेर हुन्छ ?

सरकारको गम्भिर त्रुटीका कारण धेरै जनधनको क्षति भएको उहाँको जिकिर छ ।