१६ असार २०८३, मंगलवार
,
Latest
झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणकाजी श्रेष्ठजी प्रवक्ता पदको लाज जोगाउनु होस् – बिष्णु रिमाल



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ता पदको लाज जोगाउन सुझाब दिएका छन् ।  

सामाजिक संजाल ट्वीटरबाट ट्वीट गर्दे रिमालले ‘विधि र पद्धति’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् भन्ने तीखो टिप्पणी पनि गरेका छन् । नेता रिमालले ‘इनफ इज इनफ’ भन्दै प्रवक्ता श्रेष्ठलाई मेन्सन गरेको ट्वीटमा मुलुक संवेदनशील मोडमा रहेको भन्दै पार्टी एकताविरुद्ध कुनै पनि गतिविधि कतैबाट नहोस् भनेका छन् ।

पुष्पकमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल, र नारायणकाजी श्रेष्ठले निरन्तर अध्यक्ष तथा प्रधानमन्त्री ओली बिरुद्ध अभिव्यक्ति दिएको र सामाजिक सञ्जालमा लेखेपछि रिमालको प्रतिबाद ट्वीट आएको हो ।

यसअघि पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल, र नारायणकाजी श्रेष्ठलाइ ग्याङ अफ फाेर भन्दै कटु आलाेचना गरेका थिए ।