काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ता पदको लाज जोगाउन सुझाब दिएका छन् ।
सामाजिक संजाल ट्वीटरबाट ट्वीट गर्दे रिमालले ‘विधि र पद्धति’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् भन्ने तीखो टिप्पणी पनि गरेका छन् । नेता रिमालले ‘इनफ इज इनफ’ भन्दै प्रवक्ता श्रेष्ठलाई मेन्सन गरेको ट्वीटमा मुलुक संवेदनशील मोडमा रहेको भन्दै पार्टी एकताविरुद्ध कुनै पनि गतिविधि कतैबाट नहोस् भनेका छन् ।
पुष्पकमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल, र नारायणकाजी श्रेष्ठले निरन्तर अध्यक्ष तथा प्रधानमन्त्री ओली बिरुद्ध अभिव्यक्ति दिएको र सामाजिक सञ्जालमा लेखेपछि रिमालको प्रतिबाद ट्वीट आएको हो ।
यसअघि पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल, र नारायणकाजी श्रेष्ठलाइ ग्याङ अफ फाेर भन्दै कटु आलाेचना गरेका थिए ।











